सलमान, साहरुखलाई पछि पार्दै आमिरले तोडे बलीउडका सबै रेकर्ड, दंगालले कमायो ६ सय ७० करोड भारु

एजेन्स । आमिर खानको फिल्म दंगलले यसअघिका उनकै फिल्मले बनाएका सबै रेकर्ड तोड्दै बलिउडमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्ममा आफूलाई दर्ज गरेको छ
बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले बलिउडमा कमाइको रेकर्ड राखेको छ । फिल्म व्यापार विश्लेषकका अनुसार विश्वभर यो फिल्मले ६ सय ७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

विश्लेषक तरण आदर्शका अनुुसार आइतबारसम्म दंगल भारतीय बजारमा मात्र तीन सय ४५ करोड भारतीय रुपैयाँ कमाएर सबैभन्दा बढी कमाउने फिल्म बन्यो । यो आमिर खानकै यसअघिका फिल्मको कमाइभन्दा पनि बढी हो ।यसअघि आमिर खानकै फिल्म ‘पिके’ले भारतीय बजारमा करिब तीन सय ४० करोड भारतीय रुपैयाँ कमाएर रेकर्ड बनाएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा चाहिँ अहिलेसम्म सबैभन्दा बढी कमाउने बलिउड फिल्म पिके नै हो । पिकेले अन्तर्राष्ट्रिय बजारमा सात सय ४० करोड भारतीय रुपैयाँ कमाएको थियो ।

तर, अबको एक सातामा दंगलको कमाइ योभन्दा धेरै हुने अनुमान छ । बलिउड ट्रेन्डमाथि अध्ययन गरिरहेका विशेषज्ञका अनुसार भारतीय बजारमा दंगल र पिकेपछि सबैभन्दा बढी कमाउने भारतीय फिल्म सलमान खानको ‘बजरंगी भाइजान’ हो । यो फिल्मले चाहिँ तीन सय २० करोड रुपैयाँभन्दा धेरै कमाएको छ । सर्वाधिक कमाउने चौथो फिल्ममा पनि सलमान खानकै ‘सुल्तान’ आउँछ । सुल्तानले तीन सय करोड भारतीय रुपैयाँ कमाएको थियो । आमिरकै फिल्म ‘धुम–३’चाहिँ दुई सय ८४ करोड भारतीय रुपैयाँ कमाएर सर्वाधिक कमाउने फिल्मको सूचीमा पाँचौँ नम्बरमा छ ।

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार