युवा वैज्ञानिक सम्मेलन कीर्तिपुरमा हुदै

प्रकाशित मिति :2017-01-27 21:32:24
काठमाडौँ , माघ १४ –

त्रिभुवन विश्वविद्यालय, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को मुख्य आयोजना र ब्रेनीक्यूव रिसर्च अर्गनाइजेसन तथा नेपाल पोलिमर इन्स्टिच्यूटको सह आयोजनामा “हाम्रा वैज्ञानिक हाम्रो शक्ति : हाम्रो आशा ” को मुख्य उद्देश्य सहित दोश्रो यूवा वैज्ञानिक सम्मेलन त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिसरमा यहि माघ १५ र १६ गते भइरहेको छ ।

Young-Scientistविदेशमा यूवा वैज्ञानिकहरुको पलायन भइरहेको सन्दर्भमा निती निर्माता तथा प्राज्ञहरुमा यस सम्मेलनले केहि ठोस सुझाव पेस गर्न सक्ने कुरा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा.रामेश्वर अधिकारीले बताए । दूईदिने यूवा सम्मेलनमा देश विदेसका विभिन्न क्षेत्रका वैज्ञानिक तथा प्राविधिकहरुले भाग लिने बताइएको छ । यस सम्मेलनमा भाग लिने सहभागीहरुमा स्नातक तह देखि विद्यावारिधि सम्मका तथा विद्यालय तहमा कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत तथा उत्तीर्ण विद्यार्थिहरु हुनेछन् । सम्मेलनमा मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, भारत र नेपालका विभिन्न क्षेत्रका वैज्ञानिक, प्राविधिक तथा नीति निर्माणका तहमा उल्लेखनिय योगदान पुरयाएका व्यक्तित्वहरु श्रोत व्यक्तिका रुपमा रहने कुरा सम्मेलन आयोजक समितीका संयोजक खिम प्रसाद पन्थीले बताउछन् ।

प्राकृतिक श्रोत साधनको मामलामा विश्वकै धनी राष्ट्र हुनुपर्ने नेपाल किन गरीवीको मारमा परिरहेको छ भन्ने कुरा पनि विज्ञान र प्रविधिको देश सुहाँउदो विकास नभएर हो । आजको विश्वमा राष्ट्र विकासको लागि चाहिने जनशक्तिको उत्पादन तथा तिनीहरुलाई देशमै बसेर केहि गर्न सकिन्छ भन्ने भावनाको विकास गराउन सक्नुनै चुनौतीको रुपमा रहेको छ । यस प्रकारको गम्भिर विषयमा हुन लागेको सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विश्वविद्यालयहरुका विभिन्न विषयका प्राज्ञहरु तथा यूवा वैज्ञानिक, उद्योगपति तथा व्यवशायीहरुका बीचमा प्रत्यक्ष सम्बाद हुने कुरा आयोजक समितीका सह संयोजकद्वय आकाश देव तथा केदारनाथ ढकालले बताए । सम्मेलनमा यूवा विज्ञानकर्मीको उल्लेख्य उपस्थिती हुने कुरा आयोजक समितीका सदस्य प्रशंसा पन्त तथा मधुसूदन ढकालले बताए ।

 

Notes Nepal

ताजा समाचार