मानिस र सुँगुरको शुक्राणु प्रयोग गरेर भ्रुण

माघ १५ – वैज्ञानिकले मानिस र सुँगुरको शुक्राणुको समिश्रबाट भ्रुण बनाएका छन् । मानिसको ० दशमलव ००१ प्रतिशत भन्दा कम र बाँकी सुँगुरको शुक्राणु प्रयोग गरी वैज्ञानिकले भ्रुण बनाएर अध्ययन सुरु गरेका हुन् । मानिस र जनावरको शुक्राणुको समायोजनबाट बेग्लै प्रजाति बनाउन सकिने परम्परागत मान्यताको परीक्षणका लागि अनुसन्धान सुरु गरेको वैज्ञानिकले बताएका छन् । अमेरिकाको साल्क इन्स्टिच्युड फर बायोलोजिकल स्टडिजका वैज्ञानिकले जनावरमा मानिसका जस्तै अंग विकास हुन्छ कि हुँदैन भन्ने हेर्नका लागि अनुसन्धान गरेका हुन् । तर यो प्रक्रिया निकै चुनौतिपूर्ण रहेको द जर्नल सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मानिसको स्टीम सेललाई सुँगुरको भ्रुणमा प्रयोग गरिएको छ । यसलाई २८ हप्तासम्म विकास हुन दिइएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । भ्रुणमा रहेको मानिसको स्टीम सेलले काम गर्न थालेको उनीहरुले बताएका छन् । ठूलो जनावरभित्र मानव सेल विकास भएको यो पहिलो घटना रहेको वैज्ञानिकको भनाई छ । यस्तो भ्रुणको विकासले विभिन्न रोगका लागि बनाइने औषधि तथा खोपको परीक्षण, रोगको अनुसन्धान तथा मानव भ्रुण विकासको प्रारम्भीक चरणबारे थाहा पाउन सकिने वैज्ञानिकको भनाई छ । यस्तै विभिन्न प्रजातिका अंग बिचको भिन्नता थाहा पाउन पनि यसले सहयोग गर्नेछ । 

Ujyaalo Online बाट

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार