बैंकहरुले अबदेखि गाडी, घर जग्गा र शेयरका लागि नयाँ कर्जा नदिने

प्रकाशित मिति :2017-02-10 06:28:31

काठमाडौं, बैंकहरुले अबदेखि गाडी, घर जग्गा र शेयरका लागि नयाँ कर्जा नदिने भएका छन् । अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै बैंकहरुले यी तीन क्षेत्रलाई नयाँ कर्जा नदिने भएका हुन् ।

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव हुने भन्दै सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको छलफलले कर्जा नदिने निर्णय गरेको हो ।

छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र शेयर धितो ऋण रोक्ने सहमति भएको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

Notes Nepal

ताजा समाचार