रातारात बिद्यार्थी भर्ना गराएपछि बुटवल बहुमुखीमा झडप तीन जना घाईते!

प्रकाशित मिति :2017-02-12 13:22:09

पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो बुटवल बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठनबिच गएराती झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा क्रान्तिकारीका सचिब गणेश खनाल,नेविसंघका ऋषिराम भण्डारी र लक्ष्मण अधिकारी रहेका छन् ।

शनिबार पनि रातारात प्रसाशन खोलेर बिद्यार्थी भर्ना गरिएपछि अनेरास्वबियु बाहेकका अन्य बिद्यार्थि संगठनले यस्को बिरोध जनाउदै प्रसासनमा ताला लगाएको नेबिसंघका कार्यबाहक सभापति कृष्ण खनालले बताए ।

उनले भने—‘रातारात बिद्यार्थी किन भर्ना गरियो,शनिबारको दिन पनि प्रसासन खोल्न मिल्छ,त्यो पनि रातीमा चुनाव आउन १३ दिनमात्र बांकी रहदां यस्तो गरिएको छ यो हामीलाइ सैह्य छैन ।’

स्ववियु निर्वाचनलाई लक्षित गर्दै शनिवार राती विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् । ताला खोल्नका लागि अनेरास्वीयुका बिद्यार्थिहरु मोटरसाइकलमा एक हुल आएर ताला खोल्नेक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरुले ताला लगाएपछि विद्यार्थी कल्याण प्रमुख कृष्ण खरेल, दर्ता चलानी विभागकी कल्पना पाण्डे, पुर्व क्याम्पस प्रमुख बुद्ध बस्नेत लगायतका प्रशासन कार्यालयमै थुनिएका थिए ।

प्रशासनको पक्षमा तालाखोल्न आएका युवा र ताला लगाएका विद्यार्थी विच झडपको अवस्था रोक्न प्रहरी प्ररिचालन गरिएको थियो ।

क्याम्पस प्रमुख शखिसरण सुवेदीले रातमा क्याम्पस खोलेको स्वीकारेका छन् तर उनले क्याम्पसमा विद्यार्थी भर्नाको कार्यक्रम नभई स्ववियु निर्वाचन तयारीको कामका लागि भएको दाबि गरे ।
साभार खस्यौली एफ.एम

Notes Nepal

ताजा समाचार