प्रहरीको गोली लागेर एकजना घाइते

कैलाली, फागुन २ – कैलालीको पथरैयामा आइतबार राति प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । काठ तस्करी भइरहेको सूचना थाहा पाएर पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर पथरैया–६ भकरैयाका १९ वर्षका वीरेन्द्र जैशी घाइते हुनुभएको हो । तस्कर समूहले प्रहरीमाथि आक्रमण गर्दा एकजना प्रहरी समेत घाइते भएका इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

उज्यालो अनलाईमा खबर छ!

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार