बेबारिसे अवस्थामा भेटिएको बृद्द आमा

प्रकाशित मिति :2017-02-14 14:43:01
बिगत एक हफ्ता देखि म जिमबाट घर फर्किने क्रममा राति ८:४५ देखि ९ बजेको आसपासमा पुरानो बानेश्वरको बाटोमा मैले एउटी बृद्द आमालाई बेबारिसे अवस्थामा देखे!वहाँलाई देख्नासाथ मेरो मनमा वहाँको बारे बुझ्न र वहाँको सक्दो सहयोग र उद्दार गर्ने बिचार मनमा पलायो!
तर म साथीभाईको बिबाह र भोज वा पार्टीले गर्दा साझ नियमित जिम जान पाएन र वहाँलाई देख्न पाएन!अनि जब पाँच दिनपछि हिजो देखि म पुन:जिम जान लागे तब फर्किने बेला वहाँलाई मैले त्यही पुरानै ठाउँमा त्यस्तै अवस्थामा भेट्टाए!अनि वहाँ रहनुभएको ठाउको एकदमै नजिकैको एउटा रेस्टुरेन्टका स्टाफहरुलाई बुझ्दा पनि वहाँ त्यसरी नै त्यहा रहनुहुन्छ भन्ने जानकारी पाए र तत्काल वहाँलाई नै सोधेर वहाँसंग मैले गरेको कुराकानीलाई भिडियो खिचेर सार्बजनिक गर्ने निर्णय गरे!
वहाँको स्वीकृतीपछि एकजना भाईको सहयोगले सानो भिडियो खिचियो मोबाइल मार्फत!यो कार्यको उद्देश्य नै वहाँलाई वहाँको आफ्न्त माझ पुरयाउनु हो र यदि कुनैपनी आफ्न्त सम्पर्कमा आएनन भनेपनी कुनै बृद्दाश्रममा वहाँलाई पुरयाएर वहाँको उद्दार गर्नु हो! भिडियो सौजन्य: Sagar Karki & Santosh Tamang

Notes Nepal

ताजा समाचार