म्यागसेसेसहितका पदक लिलामी राख्ने महावीर पुनको घोषणा

४ फागुन, काठमाडौं । समाजसेवी महावीर पुनले आफूले अहिलेसम्म पाएका तक्मा तथा मेडलहरु लिलाम गर्ने भएका छन् ।

राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि अर्थ संकलनमा जुटेका उनले आफ्ना तक्मा तथा मेडल बेच्ने घोषणा गरेका हुन् । ‘पदकहरु विक्रीमा राखेर मैले सरकार र संस्थाहरु, जसले मेडल दिए, उनीहरुको अपमान गर्न खोजेको होइन, पुनले भनेका छन्, पदकहरुको उपयोग सही कामका लागि गर्न खोजेको हुँ ।’

तक्मा तथा पदक विक्रीबाट आउने रकम राष्ट्रिय आविस्कार केन्द्र स्थापनामा खर्च गरिने उनले बताएका छन् ।

उनले लिलामीका लागि राखेका तक्मा तथा पदकहरुमा म्यागसेसे पदक पनि छन् । यस्तै नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्कगुरुङ पर्वतीय पुरस्कार छन् ।

आफूलाई भविश्यमा राम्रो काम गरोस् भनेर नै पदक दिइएको भन्दै उनले पदक नबेच्न सुझाव नदिन समेत आग्रह गरेका छन् ।

OnlineKhabarबाट 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार