आमाको गर्भमा यसरी हुर्कन्छ बच्चा, फोटोग्राफरले देखाए ९ महिनाको यात्रा

प्रकाशित मिति :2017-02-16 09:56:41

संसारमा यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामी देख्न पाउँदैनौं । तर यस्ता फोटोग्राफर पनि हुन्छन् जो आफ्नो नजरले हामीलाई यी कुराहरु हेर्न मौका दिन्छन् । यस्तै एक फोटोग्राफर थिए लेनार्ट निल्सन । आज हामी तपाईंलाई लेनार्टको लेन्सले कैद गरेका ती फोटोहरु जसले आमाको गर्भमा हुर्किरहेको बच्चाको यात्रा देखाउने गर्दछ ।

लेनार्टले आफ्नो करियरमा धेरैजसो समय गर्भमा हुर्किरहेको बच्चाको फोटो खिच्नमा बिताइन् । लेनार्ट संसारका पहिला व्यक्ति हुन् जसले मानिसको गर्भमा रहेको बच्चाको फोटो खिचेका थिए । सन् १९६५ मा उनले “A Child Was Born” नामक किताब लेखेकी थिइन् ।  सन् २०१७ को जनवरी २८ तारिखमा उनको मृत्यु भयो । तर उनले आफ्नो जीवनमा त्यस्ता फोटोहरु खिचेकी छिन् जसलाई देखेर जो सुकै पनि दंग हुनेछ । बच्चाको गर्भको ९ महिनाको यात्रा देखाउने यो फोटोमा अण्डादेखि बच्चासम्म यात्रा देखाउँछ । यहाँ हामी १५ वटा फोटोमा पूरा यात्रा देखाउँदैछौं ।

फ्यालोपियन ट्युबभित्रबाट सुरु हुन्छ यात्रा

गर्भाधान गर्नु पहिले यस्तो हुन्छ अण्डाको रुप

एक हप्तापछि यस्तो देखिन्छ बच्चा

बच्चाको मुटुको पहिलो धड्कन देखाउने फोटो

४ हप्तापछि खिचिएको फोटो

पाँचौं हप्तामा यसरी परिवर्तन हुन्छ रुप

छैठौं हप्तामा सालनालमार्फत यसरी आमासँग जोडिन्छ बच्चा

गर्भमा २ महिनाको बच्चा

१० औं हप्तामा बन्न थाल्छ आँखा

सातौं हप्तामा हात र खुट्टा विकसित हुन्छ ।

गर्भमा नै आवाज सुन्न थाल्छ बच्चा

यसरी विकसित हुन्छ कपाल

यसरी मानवीय आकार लिन्छ

जन्मनुभन्दा एक महिना पहिलेको फोटो

Rato Patiबाट निकालिएको 

Notes Nepal

ताजा समाचार