संसारभरीका नेताका ‘हास्यास्पद’ पल जसमा मज्जाले ‘खिल्ली’ उडाइयो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभांकाको एक फोटोले पूरा संसारभी बबाल मच्चिएको छ । यो फोटोमा इभांका ओभल अफिसमा राष्ट्रपतिको कुर्सीमा बसिरहेको देखिएकी छिन् जसका कारण ट्रम्प एक पटक पुनः विरोधीको निशानामा परेका छन् ।

यद्यपी, नेताहरुको फोटोले संसारको ध्यान आकृष्ट गरेको यो पहिलो मौका भने होइन । नेताहरुका केही फोटोले मानिसहरुलाई कहिले रुष्ट बनाए भने कहिले निकै हँसायो । यही क्रममा आज हामी तपाईंलाई संसारका केही नेताहरुको हास्यास्पद क्षणका फोटो देखाउँदैछौं जुन अन्जानवश क्यामरामा कैद भए।

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सरकोजी एक कार्यक्रमका बेला फ्रान्सको चर्चित नाविक मड फन्टेनोयसँग अन्जानवश यस्तो गरिएको देखियो । (फोटोः सन् २००७, १२ जुलाई)

मस्कोको क्रेमलिनमा आयोजित एक पत्रकार सम्मलेनको क्रममा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलर एन्जेला मर्केल एक प्रश्नमा एक–अर्कामाथि घुरेर हेरेको देखिएका थिए । (फोटोः सन् २०१२, १६ नोभेम्बर)

ह्वाइट हाउसमा थ्याङ्क्सगिभिङ कार्यक्रमका बेला अमेरिकाका तत्कालीन राष्ट्रपतिले यस्तो स्थितीको सामना गर्नुपरेको थियो । फोटोः सन् २००१, १९ जुलाई

यो फोटो ह्वाइट हाउसको हो जबा द गल्फ को–अपरेशन काउन्सिलका जनरल सेक्रेटरी अब्दुल लतिफ बिन राशिद ओबामालाई भेट्न पुगेका थिए । भेटघाटका क्रममा तत्कालीन राष्ट्रपति बराक ओबामाले जब उनीसँग हात मिलाउन खोजेका थिए तब राशिद मानिसहरुलाई अभिवादन गरिरहेका थिए । फोटोः सन् २००५, मे महिना ।

जी–एट समिटको क्रममा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा ब्राजिलकी एक महिलालाई यसरी हेरिरहेको देखिए । उनीसँग फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सरकोजी पनि छ जसले ओबामाको यस्तो व्यवहारलाई हाँस्दै हेरिरहेको देख्न सकिन्छ । फोटोः सन् २००९ जुलाई ९

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीको गाडी एक सडकमा गुडिरहेको थियो । यसै क्रममा राष्ट्रपतिको कुनै जरुरी फोन आयो । योवेरीले आफ्नो गाडी त्यहाँ रोकिदिए र कारबाट निस्किएर सडक किनारामा बसेर कुरा गर्न थाले । उनी यसरी नै करिब २० मिनेट फोनमा व्यस्त भए । उक्त फोन कसको थियो त्यो योवेरीबाहेक कसैलाई थाहा छैन । फोटोः सन् २०१६ जुलाई १४

उत्तर कोरियाली नेता किम जोंग–ऊन एक पटक कुनै कारखानामा जाँदाको फोटो हो यो । यो फोटोलाई मानिसहरुले निकै खिल्ली उडाए । धेरैजसो मानिसले लेखेका थिए, ‘एक सनकी व्यक्तिले अब कस्तो मेसिन बनाएका हुन् भन्ने कुराको अनुमान गर्न मुश्किल छ ।’

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश जर्मनी यात्रामा थिए । यो क्रममा उनको स्वागतका लागि धेरै मानिसहरु जम्मा भएका थिए । जब बुशले एक महिलाको काखमा राखेको बच्चालाई उठाएर खेलाउने कोसिस गरे तब उक्त बच्चा चिच्याएर रुन थाल्यो, त्यतिबेला बुशको यो अनुहारको भाव क्यामरामा कैद भएको थियो । फोटोः सन् २००६ जुलाई १३

अमेरिकाका पूर्व उप–राष्ट्रपति अल गोर न्यूयोर्कमा एक चार वर्षीया बालिकासँग कुराकानी गरिरहेका थिए जसमा उनको फोटो निकै हास्यास्पद देखिएको थियो । फोटोः सन् २००३ अप्रिल ३०

जर्मन चान्सलर एन्जेला मार्केल इजराइलको राजधानी सिटी जेरुशेलमको यात्रामा थिइन् । कुराकानीको क्रममा इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको औंलाका कारण उनको फोटो भिन्न देखिएको थियो । फोटोः सन् २०१४ फेब्रुअरी २५

जोहान्सबर्गमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन र डेनमार्कका पूर्व राष्ट्रपति हेली थार्निगसँग सेल्फी लिँदै । यता, ओबामा पत्नी मिशेल भने सेल्फीमा समावेश थिइनन् । फोटोः सन् २०१३ डिसेम्बर १०

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार