जब सुन्दर फोटोका लागि १ हजार ४ फिट माथिबाट झुण्डिइन् यी मोडल

प्रकाशित मिति :2017-02-17 13:13:27

केही भिन्न गर्ने चक्करमा २३ वर्षीया रसियाली मोडलले आफ्नो ज्यान नै जोखिममा पारेकी छिन् ।

भिक्टोरिया ओडिन्टकोभा दुबईको कायान टावरको १ हजार ४ फिट माथि इन्स्टाग्राममा पोष्ट गर्नका लागि सही फोटो खिच्नका लागि चढेकी थिइन् । उनलाई दाह्री पालेका एक सहयोगीले हातले समातेर फोटोसुट गर्न सहयोग गरिरहेको देख्न सकिन्छ ।

फोटोसुट गर्नुभन्दा पहिले आफू थोरै डराएको ती मोडलले स्विकार गरिन् । उनले भनिन्, ‘मैले यस्तो डरलाग्दो स्थानमा फोटोसुट गरेको भनेर म आफैंलाई विश्वास छैन । आफ्नै फोटोसुटको भिडियो हेर्दा मेरो हातमा निकै पसिना आउने गर्दछ ।’

सोसल मिडियामा ३० लाखभन्दा बढि फलोअर भएको भिक्टोरियाले उक्त फोटोसुटको भिडियो सोसल साइटमा पोष्ट गरेपछि त्यो निकै चाँडै भाइरल बन्यो । सुरक्षा उपकरण बिना नै गरिएको उक्त फोटोसुटमाथि उनका प्रशंसकहरुले आलोचना पनि गरेका थिए ।

Notes Nepal

ताजा समाचार