बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो

प्रकाशित मिति :2017-02-17 17:02:19

काठमाडौंः बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांकमा उक्त कुरा उल्लेख रहेको छ ।

चालु आवको ६ महिनामा बैंक  तथा  वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती ८.२, बचत ४२.१ र मुद्दती ३२.७ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ । अघिल्लो आवको सोही अवधिमा चल्ति ८.६ प्रतिशत, बचत ४३.८ प्रतिशत र मुद्दती २९.२ प्रतिशत रहेको थियो ।

निजी क्षेत्रबाट लगानी गरेको कर्जा वाणिज्य  बैंकहरुको १४.८, विकास  बैंकहरुको ६.२  प्रतिशत र वित्त कम्पनीहरुको ५.२  प्रतिशतले घटेकोे छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ३२ प्रतिशतले बढेको छ ।

यो अवधिमा  कृषि कर्जा १३.६  प्रतिशत, औद्योगिक  उत्पादन  कर्जा १०.५  प्रतिशत, निर्माण कर्जा ११.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार कर्जा १०.५ प्रतिशत, सेवा उद्योग कर्जा ११.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा २१ प्रतिशतले बढेको छ ।

२०७३ पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.६ प्रतिशत कर्जा घर  जग्गाको  धितोमा  र १४.३  प्रतिशत  कर्जा  चालू  सम्पत्तिको  धितोमा प्रवाह  भएको  छ ।

Notes Nepal

ताजा समाचार