सेनाले छापा मारी ३९ जना संदिग्ध आतङ्ककारीलाई सखाप पा¥यो

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लाल शाहवाज कालन्दर मस्जिदमा गतःबिहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समुदायका सुफी भक्तजनको भीडमा एकजना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराउँदा घटनास्थलमै ७५ जनाको बिभत्स मृत्यु हुनाका साथै अन्य सयौँ घाइते भएका थिए ।

अन्तरराष्ट्रिय आतङ्कवादी सङ्गठन इस्लामिक स्ट्ट्स ९आइएस०ले सिते समुदायका मुस्लिमलाई सखापै पार्ने योजना अनुरुप सो घटना गराएको भनी दाबी गरेको थियो ।

घटनापश्चात् पाकिस्तानी सुरक्षाकर्मी तत्कालै परिचालित भइ आतङ्ककारीको तीब्र खोजीमा प्रयासरत थिए ।

यसैबीच सुरक्षाकर्मीले आशंकित स्थानमा रातभरी छापा मारी आज बिहान केही सिन्ध निवासीसहित ४७ जना संदिग्ध सशस्त्र आतङ्ककारीलाई पक्राउ गरी नियन्त्रणमा लिएका सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् ।

विगतका धेरै वर्षदेखि पाकिस्तानी सेना र सुरक्षाकर्मीले सशस्त्र बिद्रोही तथा आतङ्ककारीको खोजी र नियन्त्रणमा थुप्रै अपरेशन सञ्चालन गर्दै आइरहेका छन् ।

समग्र राष्ट्रलाई नै क्षणभर मै स्तब्ध तुल्याउने यस आतङ्ककारी आक्रमण र आमहत्या विगतका वर्षौंदेखि यताको पहिलो भयानक र बिभत्स घटना भएको र यसले सिङ्गो राष्ट्रको सुरक्षा ब्यवस्थामा अधिकारीको क्षमता मै एक गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

यसैबीच, संदिग्ध आतङ्ककारी लुकेर अखाडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशब्यापी छापामार अपरेशन अभियानमा कम्तीमा उनान्चालीस जना संदिग्ध सशस्त्र आतङ्ककारीले ज्यान गुमाएका जनाइएको छ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार