आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा

काठमाडौं । आमिर खानले भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने केही दिन पहिलेदेखि चर्चा चलिरहेको छ । चलचित्रको नाम ‘सेल्युट’ फाइनल गरिएको पनि बताइएको छ ।
फिल्मीबिट लेख्छ– यो खबरले आमिरका फ्यान उत्साहित छन् । ‘ठग्स अफ हिन्दुस्तान’ को काम सकेर आमिरले यो चलचित्रको काम सुरु गर्नेछन् । चलचित्रको विशेष कुरा अझ बाहिर आएको छ, यो चलचित्रका बारे एक–दुई वर्षदेखि नभएर ८ वर्ष अघिदेखि कुरा चलिरहेको छ ।
‘डेकन क्रनिकल’लाई अन्तर्वार्ता दिँदै राकेश शर्मा आफैँले चलचित्रको काम भइरहेको र चलचित्रमा आमिर खान फाइनल भइसकेको बताए । उनका अनुसार आमिरबाहेक अरू केही पनि फाइनल भएको छैन । स्क्रिप्ट पनि छैन । उनले भने, “यो बायोपिक निर्माण गर्ने बारे गत ८ वर्ष अघिदेखि कुरा भइरहेको छ । बीचमा चलचित्र निर्माता अन्य चलचित्रमा व्यस्त भए र म पनि आफ्नो काममा बिजी थिएँ तर अब फेरि सुरु गरिएको छ ।”
चलचित्रमा आमिर खान फाइनल भएका छन् । तर, बाँकी स्टारका बारेमा केही जानकारी छैन । अहिले स्क्रिप्ट पनि लक गरिसकिएको छैन । शर्मा भन्छन्, “मलाई थाहा छैन, मेरो जीवनको कुन हिस्सा चलचित्रमा देखाइने हो ।”

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार