कार्यकर्ता साक्षी राखेर थापाले भने ‘संविधान कार्यन्वयनमा प्रचण्डलाई सघाउछौं’

प्रकाशित मिति :2017-02-17 20:18:08

काठमाडौं, ६ फागुन ।  राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले संविधान कार्यनवयनमा प्रधानमन्त्री प्रचण्डलाई सघाउने बताएका छन् । आजदेखि काठमाडौंको भृकुटिमण्डपमा शुरु भएको एकता महाधिवेशनमा थापाले यस्तो बताएका हुन् । ‘संविधान कार्यन्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई लाग्नुस म कार्यकर्ता साचि राखेर भन्छु राप्रपाले सकारात्मक सहयोग गर्छ ।’

१० बर्ष जनयुद्धको एउटा कमाण्डर, शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दुई व्यक्ति मध्ये एक र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति भएको भन्दै थापाले हजारौं कार्यकर्ताको अगाडी प्रधानमन्त्री प्रचण्डको प्रशंसा गरेका थिए । उनले थपे विगतदेखि प्रचण्डसंग काम गर्दा छुट्टै आनन्द आउनेसमेत बताए ।
त्यस्तै थापाले देशमा राजतन्त्र आवश्यकता भएकोसमेत बताएका छन् । तर गणतन्त्रवादीहरु राजतन्त्रसंग नडराउनसमेत आग्रह गरेका छन् ।

त्यसैले अहिले मधेशकेन्द्रित दलहरुले राखेको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै त्यसका लागि सरकार र प्रतिपक्ष दलहरु एक हुनुपर्ने बताएका छन् ।
देशमा चुनाव नभए बल्लतल्ल आएको संविधान धरापमा पर्छ थापाले भने प्रधानमन्त्री प्रचण्ड ज्यू चुनाव मिति घोषणा गर्नुस् सबै भन्दा पहिला राप्रपाले स्वागत गर्छ ।

Notes Nepal

ताजा समाचार