राप्रपासँग मिलौंमिलौ जस्तै लाग्छ : प्रचण्ड

काठमाडौं, ६ फागुण। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा भन्ने वित्तिकै आफुलाई माया लागेर आउने बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनलाई शुभकामना दिदैं प्रधानमन्त्री दाहालले भने,‘किन हो किन म कम्युनिष्ट भएर पनि राप्रपाको माया लागेर आउँछ, राप्रपासँग मिलौंमिलौ जस्तै लाग्छ ।’

उनल राजनीतिक दुर्घटनाबाट देशलाई जोगाउन यो महाधिवेशनले गम्भीर निर्णय लिने अपेक्षा आफुले गरेको बताउँदै भने, “संविधानको कार्यान्वयन गर्न र लोकतन्त्र बलियो बनाउन निर्वाचन आवश्यक छ,  केहि दिनभित्रै निर्वाचनको घोषणा गर्छु ।”

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार