अख्तियारको अधिकार कटौती गरिएको छ, अब भष्टाचार झन् बढ्छ : पूर्व प्रमुख आयुक्त उपाध्याय

फागुन ६, २०७३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले देशमा भ्रष्टाचार मौलाउदै गएका बेला त्यसको नियन्त्रण गर्ने संवैधानिक निकायको अधिकारमा कटौती भएकोले भविष्यमा भ्रष्टाचार बढ्न सक्ने बताएका छन्।

सुर्यनाथ उपाध्याय र दिपेन्द्रकुमार घिमिरेले लेखेको ‘समाज र भ्रष्ट्राचार’ पुस्तकको सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले भने, ‘नयाँ संविधान आइसकेपछि अख्तियारको अधिकार कटौती गरिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डराइरहने राजनीतिक नेतृत्व नै समाजमा भ्रष्टाचार बढाउन मुख्य दोषी रहेका छन्।’ कार्यक्रममा समाजशात्री चैतन्य मिश्रले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रमुखले नै महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

‘राजनीतिक नेतृत्वले समाजको सबै क्षेत्रमा हस्तक्षेप गरेकाले मुलुकमा भ्रष्टाचारले विकराल रुप लिएको छ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनुपर्ने बेला आएको छ।’ पत्रकार हरिबहादुर थापाले कानुनको कार्यान्वयन नहुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए। ‘हाम्रोमा कानुनको अप्रयाप्तता छैन, बरु नेतृत्वमा कानुनको कार्यान्वयन गर्ने इच्छाशक्ति नभएको हो’ उनले भने।

भ्रष्ट्राचार नियन्त्रण गर्ने हो भने संवैधानिक निकायको जिम्मा खराब आचरण भएको व्यक्तिलाई सुम्पन नहुने थापाले बताए। त्यस्तै सामाजिक अभियन्ता डा जीवन क्षेत्रीले भ्रष्टाचार नियन्त्रण गर्न मूल नै सफा गर्नपर्ने बताए। उनले भने, ‘हाम्रो मूख्य नेतृत्वमा नै भ्रष्टाचार भएकोले त्यसलाई नियन्त्रण गर्नुपर्छ, तल्लो निकायमा भ्रष्ट्राचार नियन्त्रण गर्न खोजेर कहिल्यै भ्रष्ट्राचार नियन्त्रण हुँदैन।’ भ्रष्टाचार नियन्त्रणका लागि समाजका प्रत्येक व्यक्तिको महत्वपूर्ण भूमिका रहने क्षेत्रीको भनाइ छ।

कार्यक्रममा भ्रष्ट्राचार नियन्त्रणका लागि समाजको चेतनास्तर वृद्धि हुनुपर्नेमा जोड दिइएको थियो। समाजको चेतना बढ्नु र राजनीतिक नेतृत्वमा स्वच्छ व्यक्तिहरुको प्रवेशले नै नेपालमा भ्रष्ट्राचार नियनत्रण हुनसक्नेमा जोड दिइएको थियो। सुर्यनाथ उपाध्याय र दिपेन्द्रकुमार घिमिरेले लेखेको ‘समाज र भ्रष्टाचार’ पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो। पुस्तकको विमोचन प्राडा चैतन्य मिश्रले गरेका हुन्।
थाहा खबरबाट 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार