कञ्चनपुर पर्यटन महोत्वस २०७३ आजदेखि महेन्द्रनगरमा सुरु

प्रकाशित मिति :2017-02-17 22:28:09

कञ्चनपुर, फागुन ६ । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वस २०७३ शुक्रबारदेखि महेन्द्रनगरमा सुरु भएको छ ।

महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भएको महोत्बसवको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद बहादुर सिह थापाले उद्घाटन गर्नुभएको हो । ‘कृषि पर्यटन शिक्षा, स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण सुदूरपश्चिम समृद्धिको आधार’ भन्ने नाराका साथ सुरु भएको फागुन १५ गतेसम्म चल्नेछ ।

महोत्सवमा कृषि यन्त्रको प्रदर्शनी, स्थानीय उत्पादन तथा घरेलु वस्तुको प्रदर्शनी र व्यापार गरिने जनाइएको छ ।

साथै, सुदूरपश्चिमको लोक संस्कृति देउडा, छलिया नृत्य तथा रानाथारु समुदायको सांस्कृतिक प्रदर्शन गरिने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय ७५ व्यापारिक स्टल राखिएका छन् । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएकोमा विद्यार्थी परिचयपत्र भएकालाई २५ रुपैयाँमा प्रवेश गर्न दिइने आयोजकले जनाएको छ ।

Notes Nepal

ताजा समाचार