वाल्मीकिलाई ‘हत्‍यारा’ भनेको आरोपमा राखी सावन्त पक्राउ

प्रकाशित मिति :2017-04-04 13:55:32
Loading...

एजेन्सी: भगवान वाल्मीकि र उनका भक्तजनप्रति विवादित अभिव्‍यक्ति दिने भारतीय अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन्। उनलाई पन्जाब प्रहरीले विवादित अभिव्‍यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

Loading...

अभद्र टिप्पणी गरेको आरोपमा लुधियानाको अदालतले राखीको नाममा वारेन्ट जारी गरेको थियो। तर लुधियानाको प्रहरीले भने राखी पक्राउ गरेको खबर गोप्‍य राखेको थियो।

 

 

 

राखीले सन् २०१६ मा एक निजी च्‍यानलसँग अन्तरवार्ता दिँदै वाल्मीकीलाई हत्यारा भनेर आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘वाल्मिकी एउटा डाकु थियो।

उनले धेरै हत्‍या गरेका थिए। तर पछि उनको हृदय परिवर्तन हुन गयो र उनी सन्त बने।’ राखीको यही अभद्र टिपपणीले वाल्मीकी समाज उग्र हुँदै गयो र राखीलाई धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको थियो।

अन्नपूर्ण दैनिक बाट 

Loading...
Loading...