हरिवंश आचार्यको किताब यात्रा विवादमा, चितवनका साहित्यकारले लेखे,‘हरिवंश देखेर टिठ लाग्यो’

Loading...

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यको ‘किताब यात्रा’ विवादमा तानिएको छ । किताब यात्राको लागि देश दौडाहामा रहेका आचार्यको अभियान प्रति साहित्यकारहरुले नै असन्तुष्टि जनाएका छन् ।

आचार्यद्वारा लिखित नयाँ पुस्तक ‘हरि बहादुर’ मार्केटिङको लागि शनिबार चितवन पुगेका उनको अभियान प्रति चितवनकै साहित्यकार तथा लेखकहरुले असन्तुष्टि जनाएका हुन् ।
चितवनका लेखक तथा साहित्यकार एलबि क्षेत्रिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘राम्रो पुस्तक बेच्न यति विघ्न गर्नुपर्छ र ? व्यक्तिगत रुपमा म यो प्रचलनसँग सहमत छैन ।’
उनको फेसबुकमा साहित्यकार उषा शेर्चनले लेखेकी छिन्,‘विज्ञापनको जमाना हो नी त सर । बोल्नेको पिठो विक्छ । नबोल्नेको चामल पनि विक्दैन । भन्ने उखान बुढापाकाले यत्तिकै त हाल्या होइन होला सर ? जसले जसो मनपर्छ वा आवश्यक लाग्छ गर्नु नराम्रो पनि नहोला की खोइ सर ।’

त्यस्तै लेखक कमल शर्माले फेसबुकमा लेखेका छन्,‘वास्तवमा लेखकको नामको लेपन विनाको पुस्तकको वजनले गुणस्तरको मापन गर्ला । पुस्तकको पहुचमा म पुग्न सकेमा । लेखकको नाममा वजन किमार्थ स्विकार्ने छैन ।

त्यस्तै साहित्यकार इन्द्र सरितले लेखेका छन्,‘ अकबरी सुनलाई कसी लाउनुपर्दैन,’ अर्का धनराज गिरीले लेखेका छन्,‘भन्न नसकेको मात्र । म पनि बिहान हरिबंशजीलाई देख्दा टिठ लागेर आयो ।’

Loading...



Loading…