कृषि विकास बैंकको ११० शाखाबाट निःशूल्क आस्वा सेवा पाइने

Loading...

कृषि विकास बैंक लिमिटेडको ११० वटा शाखाबाट निशूल्क आस्वा सेवा पाइने भएको छ । आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुको हितलाई ध्यानमा राखी बैंकले सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा प्रणाली निशूल्क गराएको हो । तत्कालका लागि ११० वटा शाखाबाट मात्रै उपलब्ध गराइएको यो सेवा निकट भविष्यमा नै २०० वटा भन्दा बढी शाखाबाट प्रदान गरिने बताइएको छ । यसका लागि आवश्यक कार्यहरु समेत अघि बढाइसकेको बैंकले जानकारी दिएको छ ।

साथै कृषि विकास बैंक आईपिएसको समेत सदस्य भएकाले कृषि विकासका ग्राहकहरुले अन्य आईपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । साथमा आईपिएसका अन्य सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंकमार्फत् गर्न पाउने छन् । यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत चरणवद्घ रुपमा लागु गरिँदै लगिने बैंकले जानकारी दिएको छ ।

Loading...



Loading…