सुनको भाउ घट्यो

Loading...

स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) बजारमा सुन तोलाको ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

अघिल्लो दिन सुनको भाउ तोलाको ५५ हजार ४ सय रुपैयाँ थियो ।यस्तै, बजारमा आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

Loading...



Loading…