सिलवालले गरे सामाजिक सञ्जालमा यस्तो गुनासो

प्रकाशित मिति :2017-04-12 15:47:46
Loading...

काठमाडौं, चैत ३०– आफू प्रहरी महानिरीक्षक बन्नुपर्ने दाबीसहित अदालत चहारिरहेका डीआईजी नवराज सिलवालले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोख्न थालेका छन् ।

Loading...

सरकारले यसअघि जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय गरेलगत्तै सर्वोच्चको ढोका ढक्ढाकाएका सिलवालले सामाजिक सञ्जालमा गुनासो र टिप्पणी गर्दै आएका छन् ।

सिलवालले आफूले जीवनभर अन्यायमा परेकाहरुका लािगि काम गरेको भन्दै भविष्यमा पनि पीडितका लागि इमान्दारीपूर्वक काम गर्ने उल्लेख गरेका छन् । सर्वोच्चले बुधबार मात्रै सिलवालका पक्षमा अन्तरिम आदेश दिनुनपर्ने बताएपछि सामाजिक सञ्जालमा पीडा पोखेका हुन् ।

‘मेरो संघर्ष पदका लािग भन्दा न्यायिक सर्वोच्चता र प्रजातान्त्रिक मूल्यहरुको जगेर्नामा समर्पित छ, सबै सुभेच्छुकलाई धन्यवाद’ भनी डिआईजी सिलवालले हिजो मात्रै ट्वीट गरेका थिए ।

Loading...
Loading...