नेपाल आइडल मा ‘टप नाईन ‘ मा पुगेर राष्ट्रिय स्तरमा धनगढीको गौरव बढाउने सन्ध्या जोशीसंगको कुराकानी

Loading...

 

सुदुरपश्चिम क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका थुप्रै नामहरु छन् । कीर्तिमानी खेलाडी दीपक बिस्ट देखि प्रधानमंत्री शेर बहादुर देउबा सम्मका व्यक्तित्वहरु यसै क्षेत्र बाट छन् । यसरी यस क्षेत्रबाट राष्ट्रिय स्तरमा कसैको प्रतिनिधित्व हुदा यहाँका बासिन्दाको लागि त्यो एक गौरवको बिषय हुने गरेको छ । त्यस्तै प्रतिनिधित्व गर्दै यहाँबाट राष्ट्रिय स्तरको “नेपाल आइडल” मा पुगेकी छिन् धनगढीकी सन्ध्या जोशी । २०५० पौष १३ गते धनगढीमा जन्मिएकी सन्ध्या नेपाल आइडलको ताजको एक प्रबल दाबेदारको रूपमा रहेकी छिन् । देशभरीका उत्कृष्ट नया प्रतिभाहरुलाई पछाडी पार्दै “टप टेन” मा पर्न सफल तिनै सन्ध्या जोशी संगको छोटो कुराकानी:

१. सबै भन्दा पहिला त बधाई छ यहालाई नेपाल आइडलको टप टेनमा पुग्न सफल हुनुभएकोमा ।
– धन्यबाद ।

२. सबै भन्दा पहिले तपाइको बाल्यकालतिर लागौ । तपाइले आफ्नो पढाई कहाँबाट गर्नुभयो ?
– मैले SLC धनगढीको ऐस्वर्य विद्या निकेतनबाट दिए । त्यसपछि ‘शैलेश्वोरी फारवेस्ट स्कूल अफ हेल्थ साइन्स एंड टेक्नोलोजी’, धनगढीबाट “ल्याब टेक्नोलोजी” पढे । हाल महाराजगंज मेडिकल कलेज काठमान्डौबाट BPH चौथो बर्षमा अध्यनरत छु ।

३. बाल्यकालमा तपाईको रुचि के-कस्ता कुरामा थिए ?
– सानो छदा म चित्रकलातिर रुचि राख्थे, तर पछि गएर छाडे । त्यसपछि मैले नृत्यतिर प्रयास गरे, जसमा नराम्ररी मात खाए । म अझै पनि नाच्न सक्दिन (हास्दै) । मेरो अर्को पनि एउटा रुचि छ, अरु मान्छेलाई प्रयोगविहीन वस्तुहरु जम्मा गर्ने ।

४. गायनतर्फ कसरि आकर्षित हुनुभयो ?
– कक्षा ६ मा पढ्दा मैले पहिलो चोटी स्टेजमा गीत गाए । त्यहिबाट हो मैले गाउन सुरु गरेको ।

५. यसभन्दा पहिले कुनै प्रतियोगितामा भाग लिनुभएको छ ?
– धनगढीमा हुदा मैले दुइटा प्रतियोगितामा भाग लिएकी थिए । एउटा दिनेश एफएमले आयोजना गरेको प्रतियोगिता थियो, जसमा दोश्रो भएकी थिए । त्यसपछि मैले “Aclap Singing Competition” मा भाग लिए , जसमा म Top 10 मा पुगेकी थिए, तर पढाइको कारण मैले त्यो प्रतियोगिता बीचमै छोड्नु पर्यो ।

६. गायनबाट अहिलेसम्म पाउनुभएका उपलब्धिहरु ?
– अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि त नेपाल आइडलको Top 10 मा पुग्नु नै हो । त्यसको लागि सम्पूर्ण सुदुरपश्चिमवासी, तथा देश अनि विदेशबाट मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद भन्न चाहन्छु, किनभने वहाहरुबिना यो सम्भव हुने थिएन । त्यस्तै मेरो Youtube मा पनि कभर Songs हरु छन्, र मानिसहरुले मेरो कामको प्रशंसा गर्नु हुन्छ, त्यो नै मेरो लागि ठुलो उपलब्धि हो ।

७. अनि सांगीतिक कार्यक्रम तथा कन्सर्टहरु कत्तिको गर्नुभएको छ ?
– म धनगढीमा हुदा मेरो एउटा ब्याण्ड नै थियो । हामी धनगढीका परिचित होटलहरुमा कार्यक्रमहरु गर्ने गर्थेउ । साथै मैले धनगढी तथा महेन्द्रनगर क्षेत्रतिर थुप्रै कन्सर्टहरु गरेकी छु । ५ बर्ष पहिले काठमाण्डौ आएपछि म एकल कार्यक्रमहरु गर्न थाले । दरबारमार्गतिर केहि ‘Live Musical Performance’ गरेकी छु ।

८. सम्पूर्ण धनगढीवासीलाई धनगढी टाइम्समार्फत के भन्न चाहनुहुन्छ ?
– सम्पूर्ण धनगढीवासीलाई यही भन्न चाहन्छु कि मैले हजुरहरुको साथको एकदम अपेक्षा गरिरहेकी छु । धनगढीमै जन्मिएर हुर्केकी चेली हु, त्यैभएर आफ्नो ठाउँसंग expectation नि भैहाल्छ, आशा छ वहाहरुले सक्दो सहयोग गर्नुहुनेछ ।

९. अहिलेको लागि अन्तिम प्रश्न । म्युजिकमा interest भएको तर पढाईको कारणले म्युजिक फिल्डमा लाग्न नसक्ने हजारौ बिद्यार्थीहरु छन् नेपालमा । त्यस्ता बिद्यार्थीहरुका लागि केहि सुझाव ?
– संगीतमा रुचि राख्नेहरुलाई म यहि भन्न चाहन्छु कि चाहे जति सुकै बाधा-अड्चन आओस, आफ्नो passion लाई कहीले छोड्नु हुन्न । पढाई पनि एकदमै महत्त्वपूर्ण कुरा हो, छोडेर चाहि लग्नु हुन्न, तर आफ्नो संगीतप्रतिको passion देखाउने कहिँ मौका पाइन्छ भने एकछिन पढाईलाई ब्रेक दिएर लाग्दा राम्रो । सधै यस्तो मौका नपाईन सक्छ । “Grab the opportunity when it comes ” तर पढाई चाही जारी गर्न सक्नु पर्छ । Long term मा त्यसले एकदमै धेरै हेल्प गर्छ ।धनगढी टाईम्सबाट

फोटो स्रोत: सन्ध्या जोशी को फेसबुक प्रोफाइल

Loading...



Loading…