महेन्द्रनगरमा ११ दिवसिय शिवमहापुराण, महायज्ञ तथा श्रावणी मेला शुरु (फोटो फिचर )

प्रकाशित मिति :2017-07-24 09:20:25
Loading...

पुष्कर भट्ट

Loading...

कञ्चनपुर। कञ्चनपुर जिल्ला भिमदत्त नगरपालीकामा वार्ड न. ८ महाकाली शारदा भम्केनी धाम (जगतगुरु आश्रम ) तिलाचौरमा आज मिति २०७४ श्रावण ९ गते देखी २०७४ श्रावण १९ गते सम्म संचालन हुने ११ दिवसिय श्री शिव महापुराण महायज्ञ तथा श्रावणी मेला शुरु भएको छ ।

श्री सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र बिकास समिती महाकाली शारदा पिठको आयोजनामा भईरहेको शिब महापुराण महायज्ञको भिमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र बिष्ट ले पानसमा बत्ती बालेर सुभारम्भ गरेका छन ।

महायज्ञ अबधी भर बिहान ६ बजे देखी नै प्रत्येक दिन पुजन,शिबमहापुराण पाठ, प्रबचन, रभजन, किर्तन, आरती हुने आयोजक ले बताएका छन ।

उद्घाटन गर्दै मेयर बिष्टले नगरको धार्मिक पर्यटकिय विकासका लागि आफु प्रतिबद्ध रहेको आवश्वासन दिदै धम्केनी धामलाई पर्यटकिय दृष्ट्रिकोणबाट अघि बढाउने बताए ।

सिद्धनाथ बैजनाथ धार्मिक तपस्याली क्षेत्र विकास समितिका अध्यक्ष हरि रावलले कञ्चनपुरकै धार्मिक पर्यटकिय क्षेत्र भम्केनीलाई धामकै रुपमा विकसित गराउनुपर्नेमा जोडदिएका छन ।

कञ्चनपुर धार्मिक पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकाले त्यसको विकासका लागि समितिले मेला लगाएको बताए ।

अध्यक्ष रावलका अनुसार यस बर्ष साउन महिनामा चार सोमबार परेकाले धार्मिक रुपमा राम्रो साईत भएकाले मेला आयोजना गरिएको बताए । मेलामा यज्ञ, पुजा शिवपुराण भजन, किर्तन गरिने छ ।

Loading...
Loading...