बाबुरामको पार्टीमा जानु भन्दा माओवादी भएर मर्न पाईयोस्।

प्रकाशित मिति :2017-07-25 07:21:34
Loading...

काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्ष सम्म जनयुद्ध गर्दा आफुहरु प्रत्यक्ष जनताको घरआँगन हुँदै हिंडेका र अब माओवादी पार्टी जनताको समस्यालाई मध्यनजर गर्दै अघि बढ्नपर्ने बताएका छन् ।सोमबार माओवादी केन्द्रका संस्थापक दिवंगत नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले , ‘बाबुरामजीको पार्टीमा गइ फर्केर्का साथीहरुले मलाई बडो मार्मिक ढंगले भने अब हामीलाई केही चाहिँदैन माओवादी भएर मर्न पाइयोस्, नयाँ शक्ति चाहीएन भो यसले त कता हो कता लग्यो ।’उनले नयाँ शक्तिमा गएका आफ्ना कार्यकर्ताहरुले केही भविष्य नदेखेर नै माओवादीमा फर्केको जिकिर पनि गरे ।

Loading...

उनले पछिल्लो समय माओवादीमा जोडिन आएका दर्जनौं युवा साथीहरुले आफूलाई माओवादी एक नहुनु भनेको सहिदप्रति घात गर्नु, अहिलेसम्म गरेका उपब्धिहरुलाई उल्टाउनु हो भने ।

अध्यक्ष प्रचण्डले विभाजित भएका माओवाादीहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले अघि भने, ‘माओवादीलाई उपचार गरेर जनतातर्फ फर्कनुपर्छ । जनतामा अझैपनि माओवादी आन्दोलन एकताबद्ध होस् भन्ने चाहना छ । माओवादीका कमि कमजोरी सच्चिएर जाउन भन्ने विचार छ ।

Loading...
Loading...