जाँदाजाँदै खेम शर्माले भने– विमानस्थल फेरि फोहोर नहोस्

Loading...

१७ साउन, काठमाडौं । केही दिनयता त्रिभुवन विमानस्थलका भित्री तस्वीरहरु सामाजिक सञ्जालमा हेरेर संसारभर रहेका नेपाली मख्ख परिरहेका छन् । नपरुन् पनि किन ? विश्वकै फोहोरीमध्येमा गनिने हाम्रो विमानस्थल अहिले छुँदा पनि दाग लाग्लाजस्तो बनेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो एक महिनामा आफ्नो हुलिया फेरेको हो । पसिनसक्नु गरी गन्हाउने शौचालय सफा भएका छन्, झ्यालका सिसाहरु टिलिक्क टल्किएका छन् । कार्पेटहरु आजै ल्याएर ओछ्याएजस्ता देखिएका छन् । बल्ल अलिकति विमानस्थलजस्तो भएको छ विमानस्थल ।

 

एकाएक कसरी आयो यो परिवर्तन ? उत्तर खोज्ने क्रममा हामी ठोक्किन पुग्यौं गैरआवासीय नेपाली खेम शर्मासँग । उनी आफ्नो एक महिने ‘मिसन’ पुरा गरेर सोमबार अष्ट्रेलिया फर्किसकेका छन् ।

फर्किनुअघि एयरपोर्ट अगाडिको एयरपोर्ट होटलमा हाम्रो उनीसँग भलाकुसारी भयो ।

‘मैले कुनै नयाँ काम गरेको होइन,’ कुराकानीको सुरुवातमै उनले भने, ‘भइरहेको कामलाई परिणाममुखी बनाएको मात्र हो ।’

त्रिभुवन विमानस्थल सफाई गर्न उनी कसरी उत्प्रेरित भए त ? यो जान्नुअघि उनको पृष्ठभूमिमा जाउँ ।

३२ वर्षीय शर्माको स्थायी घर चितवनको भरतपुरमा छ । सरसफाइ र सूचना–प्रविधि दुई विधामा संलग्न रहेर उनी १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । ‘सन् २००८ मा आइटी पढ्नलाई अष्ट्रेलिया उडेको,’ उनले सुनाए, ‘उतै सेटल भइयो ।’

अष्ट्रेलिया जानासाथ उनले आइटीको पढाईसँगै काम पनि थालेका थिए । उनले गरेको पहिलो काम नै सरसफाइको थियो । एक जना दाई पर्नेले उनलाई सिड्नी युनिभर्सिटीको सेन्ट एन्ड्रयुज कलेजमा क्लिनिङको काम लगाइदिएका थिए । क्लिनरबाट सुपरभाइजर, त्यसपछि म्यानेजर हुँदै क्लिनिङ कम्पनीको जनरल म्यानेजरसम्म भए ।

यतिञ्जेलमा उनी सरसफाइका विज्ञ नै भइसकेका थिए र उनको जनसम्पर्क पनि राम्रो बनिसकेको थियो । यसैका आधारमा सन् २०१३ मा उनले आफ्नै क्लिनिङ विजनेस स्टार्ट गरे, ‘खेम्स क्लिनिङ’ नाममा ।

पहिले जागिर खाने क्रममा राम्रो जनसम्पर्क बनाएकाले उनलाई आफ्नो कम्पनीलाई स्थापित गर्न गाह्रो परेन । अहिले सिड्नीमा करिव ४० कार्यालयको सफाई जिम्मा उनकै कम्पनीको छ । ५० नेपालीसहित करिब ७० जनाले रोजगारी पाएका छन् । सिड्नीभन्दा बाहिरका शहरमा पनि आफ्नो कम्पनीले काम गरिरहेको शर्मा बताउँछन् ।

त्रिभुवन विमानस्थल सफा गर्ने सोच

साभार: अनलाईन खबर

Loading...



Loading…