राप्रपाका कपिलवस्तुका मेयर उम्मेदवार पाण्डे माओवादी केन्द्रमा प्रवेश

Loading...

काठमाडौं । नेकपा माओवादी केन्द्र कपिलवस्तुको निर्वाचन समिक्षा तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रवेश गर्ने सबैलाई केन्द्रिय कार्यलय सदस्य चक्रपाणी खनाल बलदेव र पिबिएम दधिराम न्यौपानेले टीका लगाएर प्रवेश गराए ।

प्रवेश गर्नेमा राप्रपा बाट कपिलवस्तु नगरपालिकाका मेयरका उम्मेदवार दिपक पाण्डे ,नयाँ शक्तिका युवा नेता बिनोद चौधरी ,नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य चन्द्र बढउ, नेपाली कांग्रेसका युवा नेता तुफेल खान सहित अन्य राजनीतिक दलका केहि छन् ।

Loading...



Loading…