भरतपुर–१९ मा २ हजार मत गनियो, मतान्तर घटाउँदै रेणु

Loading...

भरतपुर । भरतपुर महानगरपालिका–१९ पुनः मतदान सकिएपछि हिजो रातीदेखि नै मत गणना कार्य सुरु भएको छ । कडा सुरक्षाबीच चारवटा समूह विभाजन गरेर अहिले मतगणना भइरहेको छ । जेठ १४ गते भएको मतदानपछि मतगणना गर्ने क्रममा मतपत्र च्यात्ने घटना भएपछि सर्वोच्च अदालतको फैसलाअनुसार शुक्रबार पुन मतदान भएको थियो ।

पुनः मतदानमा २ हजार ८ सय ६० मत खसेको भरतपुर १९ मा अहिलेसम्म २ हजार ७ मत गनिसकिएको छ । पछिल्लो परिणाम अनुसार माअोवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मतान्तर घटाउँदै लगेकी छिन् । पछिल्लो पटक सार्वजनिक गरिएको परिणाम अनुसार दुर्इबीचको मतान्तर ४ सय १७ छ ।

२९ वटा वडा रहेको भरतपुर महानगरका २७ वटा वडाको परिणाम आइसकेको छ । २७ वटा वडाको मतगणना भइसक्दा मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४० हजार नौ सय ८० मत प्राप्त गरेका थिए भने कांग्रेस र माओवादीकी साझा उम्मेदवार रेणु दाहालले ४० हजार एक सय ९४ मत प्राप्त गरेकी थिइन् ।

भरतपुर–१९ को मतपरिणाम यस्तो छ–
मेयर
एमाले (देवी ज्ञवाली)–४१६६९
माअाेवादी केन्द्र (रेणु दाहाल)–४१२५२

उप मेयर
नेपाली कांग्रेस (पार्वती शाह)– ४५१४०
एमाले (दिव्या शर्मा) :३८३३८

Loading...



Loading…