महानायक राजेश हमालको घोषणा-अब फिल्म निर्देशन गर्छु

प्रकाशित मिति :2017-08-05 13:07:05
Loading...

विराटनगर । नेपाली रजतपटका महानायक राजेश हमालले अब आफू पनि फिल्म निर्देशनमा आउने घोषणा गरेका छन् । उनले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले चाँडै हर्न पाउने समेत बताएका छन् ।

Loading...

महानयक हमाल अहिलेसम्म कलाकारको फिल्ममा भूमिकामा मात्र देखिँदै आएका छन् । विराटनगरमा आज संचारकर्मीसँगको कुराकानीमा महानायक हमालले एकदेखि डेढ वर्ष भित्रै दर्शकहरुले आफूले निर्देशन गरेको नेपाली चलचित्र दर्शकले हेर्न पाउने बताए ।

उनले भने ‘अवको डेढ वर्षभित्रै दर्शकले मैले निर्देशन गरेको चलचित्र हर्न पाउने छन् । त्यसको तयारीमा म लागी परेको छु’ हमालले भने ।

हमालले अहिले चलचित्रको कथाको बारेमा अध्ययनमा रहेको पनि जानकारी दिए । उनले बढी आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्ने बताए ।

मौलिक मुद्दासँग जोडिएको वास्तिविक कथावस्तुसँगै मनोञ्जन प्रदान चलचित्र निर्देशन गर्ने सोचमा रहेको उनले बताए ।

उनले आफ्नो ब्यानरमा भने फिल्म निर्माण नगर्ने स्पष्ट पारे । उनकी धर्मपत्नी मधु भट्टराईसहित विराटनगरमा भोलि हुने एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका महानायक हमालले पछिल्लो समय नव प्रवेसी कलाकारको आगमनले नेपाली चलचित्रको स्तरमा सुध्रँदै गएको प्रतिक्रिया दिए ।

नेपाली चलचित्रले पनि वजार बनाउने क्रममा रहेको भन्दै हमालले दर्शकको भावना बुझेर निर्माण पक्षले चलचित्र निर्माण गरेको खण्डमा नेपाली चलचित्रले वजार पाउन कठिन नभएको बताए । अनलाइनखबर बाट 

Loading...
Loading...