बडिमालिकामा मृत्यु भएका वडाध्यक्षको शव उठ्यो

Loading...

अछाम : बाजुराको बडिमालिका क्षेत्रमा रहेको रामबहादुर बोहोराको शव मंगलबार नेपाली सेनाको हेलिकप्टरले उठाएको छ । श्रावण शुक्ल चतुर्दशीका दिन बडिमालिका मन्दिरमा लाग्ने मेलामा दर्शन गर्न जानेक्रममा २१ गते राति बोहोराको लेक लागेर ज्यान गएको थियो ।
मेल्लेख गाउपालिका वडानम्बर ५ का वडाध्यक्ष रहेका बोहोराको बडिमालिकाको लौडिबिनायकमा ज्यान गएको थियो । शव उठाउनका लागि नेपाली सेनाले तीन दिनदेखि प्रयास गरिरहे पनि मौसमको खराबीले गर्दा प्रयास सफल हुन सकेको थिएन ।

मंगलबार बिहान घट्नास्थलबाट बोहोराको शव र साथमा रहेका अन्य दुई गाउलेलाई उठाएर हेलिकप्टरले मेल्लेख–६ षोडशामा छोडेको गाउँपालिका प्रमुख लोगबहादुर बोहोराले जानकारी दिए । शवलाई मेल्लेख बजारमा ल्याउने प्रयास भइरहेको बोहोराले जानकारी दिए । तरुण दल अछामका उपाध्यक्षसमेत रहेका बोहोराका एक छोरा दुई छोरी र श्रीमती छन् ।अन्नपुर्ण पोष्टबाट 

Loading...



Loading…