थरुहट आन्दोलनका घाइतेको नौ वर्ष पछि उपचार

प्रकाशित मिति :2017-08-09 13:04:46
Loading...

चितवन। फागुन २२ गते भएको घटनामा सुरक्षाकर्मीको गोली दाहिने तिघ्रामा लागेपछि उनी ढले । गोली लाग्ने वित्तिकै भरतपुर अस्पताल, त्यसपछि मेडिकल कलेज र थप उपचारका लागि उनी बी एण्ड वी अस्पताल राजधानी गए । तिघ्रामा गोली लागेर खुट्टा काम नलाग्ने बताएपछि चिकित्सकले उनलाई खुट्टा काट्न भने, तर उनले मानेनन् । काठमाडौंमा उपचार गराउँदै गर्दा रकम अभावले उनी घरमै बसे ।

Loading...

आन्दोलनमा सँगै रहेका दुइ साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे’, रत्ननगर ७ का २९ वर्षीय सन्जित महतोले भने । २०६५ सालमा तराइ भेगमा भएको आन्दोलन अन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन भरतपुर, रत्ननगर क्षेत्रमा व्यापक भयो । उक्त आन्दोलनमा विपिन खड्का र कमल चौधरीको प्रहरीको गोली लागि मत्यु भयो । एक मधेस एक प्रदेशको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मी चलाएको गोली लागेर घाइते भएका सन्जीत महतो ९ वर्ष पछि बल्ल उपचारका लागि अस्पताल भर्ना भएका छन् । त्यस समयमा भएको थारु जातिको आन्दोलनमा २० वर्षको उमेरमा नै उनी अधिकारका लागि भन्दै आन्दोलनको अग्र पंक्तिमा थिए । ‘सरकारले हालसम्म ३२ हजार रुपैयाँ दिएको छ, अलाइभ हस्पिटलमा उपचाररत रहेका महतोले भने,‘यहाँ आएपछि पुन जीवन राम्रो हुन्छ की भनी आश लिएको छु ।’ १ लाख ५० हजार जति खर्च भएपछि उपचार सम्भव नभएकाले घर फर्किएको उनले बताए ।

तर, हाल ९ वर्ष पछि उनी पुन उपचारमा जुटेका छन् । तिघ्राको हड्डी नजोडिएको, घाउ उस्तै रहेको, खुट्टा छोटो हुनाका साथै खुम्चिएको अवस्थामा छ, महतोको उपचारमा संलग्न डाक्टर प्रमोद लामिछानेले भने,‘तत्काल निको नभएपनि भविष्यमा बैशाखीको साहारा विना पनि हिड्डुल गर्न सक्ने गरी हामी उपचारमा जुटिरहेका छौं ।’ हाल घाउ बाट पीप आइरहेका भन्दै डा। लामिछानेले घाउ निको हुनाका साथै खुट्टामा देखिएको समस्या पनि ठीक हुने बताए । घाइतको उपचारका लागि अस्पतालले कुनै पनि शुल्क नलिएको अस्पतालकी प्रमुख डा.वि.एम. खरेलले बताइन् । ‘अधिकार प्राप्तीका लागि लड्दै गर्दा उनलाई खुट्टामा चोट पुगेको रहेछ, पैसा अभावमा उपचार नपाएर वसेका उनलाई हामीले औषधि समेत निशुल्क गराइ उपचार गराइरहेका छौं,’ डा। खरेलले भनिन् । स्थानीय शरद चौधरी र पत्रकार सन्तकुमार चौधरीले उनको उपचारमा विशेष सहयोग गरिरहेका छन् । उनको परिवारमा बुबा आमा, भाइ, श्रीमती र ११ वर्षको छोरा छन् ।

Loading...
Loading...