‘मेस्सीलाई किन्न ३०० मिलियन युरो’ अब ठुलो चुनौती भएन

प्रकाशित मिति :2017-08-11 03:02:22
Loading...

एजेन्सी । फ्रेन्च क्लब पिएजीले २२२ मिलियन युरो तिर्दै बार्सिलोनाका स्टार खेलाडी नेयरमालाई किन्यो । उनको रिलिज आउट क्लज तिर्न असम्भव रहेको बताउँदै आएपनि पिएसजीले रेकर्ड राख्दै किनिदिएपछि अब मेस्सीलाई पनि किन्न क्लबहरुले सम्भावना देखाएका छन् ।

Loading...

लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले बार्सिलोना स्टार लियोनल मेस्सीको वाइआउट क्लज ३०० मिलियन युरो तिर्न अब सम्भव देखिन थालेको छ ।

उनले भनेका छन्, ‘कुनै समय यस्तो थियो उनीहरुको मुल्य देख्दा कुनै क्लबले पनि किन्न सक्दैनन् । तर, नेयमारलाई किनेपछि लाग्यो अब मेस्सीको ३०० मिलियन युरो ठुलो लक्ष्य भएन धनी क्लबका लागि । एक महिनामा भित्र भएका विभिन्न घटनाले पनि यो देखाएको छ ।’

उनले थप्दै भने, ‘अब फुटबल खेलाडी किन्न क्लबले जति पनि खर्च गर्न तयार छन् । यो एक महिनाको घटनाले यस्तै देखायो । यो सामान्य जस्तै लाग्न थाल्यो ।’

Loading...
Loading...