कुकुर बिरामी हुँदा सुटिङ रोक्ने नायक

Loading...

सलमान खान कुकुर प्रेमी व्यक्ती हुन ।
राजसी जीवनस्तर जिउने सलमानको सौख पनि अचम्मको छ । सलमानको सोखहरुमध्येको एक सोख भनेको कुकुर पाल्नु पनि हो ।

सलमानसँग ‘माइसन’ र ‘माइजान’ नामको दुई कुकुरहरु छन् । जसको २०१६ मा मृत्यु भएको थियो । सलमान ती कुकुरहरु मरेपछि निकै दुखि भएका थिए । मिडिया रिपोर्टका अुनसार सलमान ती कुकुरहरुलाई एकदमै धेरै माया गर्थे ।

कयौ पटक सलमानले ‘माइसन’ र ‘माइजान’ लाई बिगबोसको सेटमा पनि लिएर गएका थिए । सलमानले कुकुरसँग संयम र धैर्यता सिकेको उनको भनाई छ । कुकुरले मलाई अनकंडिसनल माया गर्न सिकाएको छ ।

यि दुईपछि अब सलमानको साथमा ल्याब्राडोर, सेंट बर्नार्ड र नेपोलिटन मस्तिफ ब्रीडका कुकुरहरु छन् । यीनीहरुको नाम मोगली, सेंट र माई लभ हो । सलमानको एउटा कुकुर करिब २ लाख रुपैँयाको हो । जसकोलागि प्रत्येक महिना ५० हजार रुपैँया खर्च हुने गर्छ ।

सलमानले आफुनो कुकुरलाई यति धेरै माया गर्छन् कि, एकपटक बजरंगी भाईजान फिल्मको सुटिङ भईरहेको थियो । कुकुर बिरामी भएको खबर सुन्नेबित्तिकै सुटिङ रोकेर नै उनी घर आएका थिए ।

Loading...



Loading…