अब ट्राफिक प्रहरीले दैनिक भत्ता पाउने, कति पाउछन् दिनको ? हेर्नुहोस

Loading...

काठमाडौं—गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने प्रक्रिया अघि बढाएको छ । गृहले दैनिक दुई सय रुपैयाँका दरले भत्ता दिन प्रस्ताव गरेको छ । यसअघि ट्राफिक प्रहरीले ट्राफिक जरिवानाबाट उठाएको राजस्वको १५ प्रतिशत पाउने गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा गृह सुधार मार्गचित्रमा रहेको योजनाअुनसार ट्राफिक प्रहरीलाई भत्ता दिने प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बताए । ट्राफिक प्रहरीले पाउने राजस्वको १५ प्रतिशत भत्ता कटौती गरी दैनिक भत्ता दिने प्रक्रिया अघि बढाइएको थियो ।

राजस्व उठाएको आधारमा भत्ता दिँदा ट्राफिक प्रहरी राजस्व केन्द्रित भएर जभाभावी कारबाही गरेको भन्दै गुनासो बढेपछि गृहले दैनिक भत्ता दिने प्रक्रिया अघि बढाएको हो । ट्राफिक प्रहरीको डिउटी अन्य प्रहरीको भन्दा धेरै भएकाले उनीहरूलाई प्रोत्साहन भत्ता दिन लागिएको हो ।

भत्ता विवादमा परेपछि ट्राफिक प्रहरीले पनि आफूहरूलाई राजस्वका आधारमा नभई छुट्टै भत्ता दिन माग गरेको थियो । राजस्व उठाएको आधारमा भत्ता दिँदा यअसघि उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले मासिक करिब एक हजार रुपैयाँ पाउने गरेका थिए आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...



Loading…