सेतोपानी बग्ने देखि घाउ, खटिरासम्मको औषधि : तीतेपाती

Loading...

तीतेपाती त हामी सबैले नै चिनेका छौँ, यो जताततै पाइन्छ । दैनिक जीवनमा आइपर्ने धेरै स्वास्थ्य समस्या तीतेपातीले समाधान हुन्छ । तीतेपाती खास गरेर महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि निकै लाभदायी हुन्छ ।तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ ।

महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती । तीतेपाती लगाउनुअघि मनतातो सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ ।

तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने उक्त समस्या धेरै हदसम्म निको हुने डाक्टरहरु बताउछन् ।

 

नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् ।

Loading...



Loading…