पोखरा क्षेत्रका घर घरमा बाढीको पानी, समस्यामा पोखरेली

Loading...

पोखरा क्षेत्रका घर घरमा यतिबेला बाढी पसेको छ । बाढीका कारण पोखराबासी ठुलो समस्यामा परेका छन् । अन्यन्त्र पस्ने बाढी भन्दा भिन्न प्रकारको बाढी पसेपछी पोखराबासी समस्याग्रस्त बनेका हुन् ।

पोखरा क्षेत्रमा बाढी कुनै खहरे, खोला, नाला, ताल आदिको रुपमा नभई धाराको माध्यमवाट पसेको छ, खानेपानीको नाउमा । यसै अशुद्ध पोखराको खानेपानी यतिबेला वर्षामा हिलो लेदो सहित बग्ने खहरेको पानीको भन्दा कम छैन । पोखरा क्षेत्रमा वितरण गरिने खानेपानीको स्रोत मर्दी खोलाको लेदोमाटो सहितको गेग्रयानयुक्त बाढीको पानी पोखरेलीको घर घरमा खसेको छ हिजोआज । पिउन त धेरै परको कुरा उक्त पानी भाडा, लत्ताकपडा धुन तथा सरसफाई गर्न समेत सजिलै प्रयोग गर्न नमिल्ने खालको छ । पिउने भनिएको पानी भाडामा थापेर घन्टौ राख्दा समेत संग्लिदैन । न त सजिलै उमालेर पिउन मिल्ने खालको छ ।

पोखराबासीको दिनचर्यामै असर

धारामा फोहोर पानि आउँन थालेपछि यतिबेला पोखराबासीको दिनचर्यामै असर परेको छ । हुनेखानेले पिउन जारको पानी प्रयोग गरेका छन् भने कोहिले घरमा ट्यांकरवाट पानी ल्याएर हालेका छन् । तर आमउपभोक्ताहरु भने समस्याग्रस्त छन् । केहि उपभोक्ता पिउने पानी बोक्नको लागि घन्टौ लगाएर आसपासका अन्य स्रोततर्फ पानी ओसार्न मोडिएका छन् भने धेरै उपभोक्ता नचाही नचाही सोहि पानी पिउन बाध्य छन् । फोहोर पानीका कारण नुहाउन, लुगा धुन समेत समस्या परेको छ पोखराबासीलाई यतिखेर । समयमा दैनिक कामकाज सक्न मुस्किल परेको छ पोखरेलीहरुलाई ।

प्रकोप फैलिने डर

अशुद्ध पानी पिउदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको छ । पानीकै कारण यस क्षेत्रमा झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायत अन्य गम्भीर प्रकृतिका रोग फैलिन सक्ने डरपनि उतिकै छ । वर्षाको समयमा बर्षेनी पोखराबासीले यस्तो खालको समस्या भोग्दै आएको भएतापनि यसतर्फ सम्बन्धित निकाय गम्भीर बनेको देखिदैन । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले पानीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सरोकारवाला निकाएले तुरुन्त कदम चाल्नुपर्ने बताउछन । ‘उपभोक्ताले तिरेको पैसाले नाफा कमाउने तर उपभोक्ताको अधिकारको रत्तिभर ख्यालनगर्ने व्यवहार खानेपानी सस्थांनले देखाउदै आएको छ, उपभोक्ताको स्वास्थ्यको जिम्मेवारि खानेपानी सस्थांनले लिनुपर्दछ’, ओझाले भने ।

पर्यटक तथा पर्यटन ब्यबसाय प्रभावित

अशुद्ध पानीकै कारण पोखरा क्षेत्रमा घुम्न आएका पर्यटक समेत प्रभावित भएका छन् । आफुहरु बसेको होटलमा फोहोर पानी आएपछि पर्यटकहरुले होटल संचालकहरुलाई दोष दिन थालेका छन् । पानीकै कारण पोखरा क्षेत्रको पर्यटन ब्यबसाय प्रभावित बनेको नेपाल पर्यटन प्रबर्द्धन समिति पश्चिमान्चल संयोजक गोबिन्दराज पहारी बताउदछन । ‘सस्थांन एबम सरोकारवाला निकायको गम्भीर त्रुटिका कारण यस्तो समस्या देखिएको भएता पनि पोखरा आएका पर्यटकले होटल संचालकलाई दोषी ठानेका छन्’ पहारीले भने । यस्तै अवस्था रहीरहेमा पोखराको बारेमा अन्तराष्ट्रिय जगतमा नराम्रो खबर फैलिन सक्ने पर्यटन ब्यबसायी बताउछन् ।

के भन्छन सरोकारवाला ?

पानीको कारण समस्या उत्पन्न भएपछि तत्काल समस्या समाधान गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको बताउछन् प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी। ‘सम्भब भएसम्मका सबै उपाए अबलम्बन गर्न नभए कम्तिमा थिग्राएर भएपनि सङ्लोपानी वितरण गराउन निर्देशन गरेको छु, अधिकारीले भने ।’

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संस्थानसँग पानी शुद्धिकरणका बिषयमा छलफल भैरहेको बताउछन्। ‘खानेपानीको स्वामित्व सस्थानसंग मात्र रहेकाले महानगरले कदम चाल्न अप्ठयारो छ र पनि हामीले पहल गरिरहेका छौ’, जिसीले भने ।

खानेपानी संस्थान पोखराका निमित्त प्रमुख दिनेश्वर यादव बाढीका कारण स्रोतमै धमिलो पानी आउन थालेपछि थिग्राएर पानी वितरण गर्न थालेको बताउछन। ‘सस्थान पानी शुद्धिकरणमा लागिपरेको छ, क्लोरिन हालेर भएपनि उपभोक्तालाई पठाउँछौं’, यादवले भने । हामीले अहिले अल्पकालीन समाधानका उपायहरु अबलम्बन गर्दैछौ, दिर्घकालिन योजनाहरु पनि अगाढी बढिरहेका छन्’, उनले भने । जापानी सहयोग नियोग जाइकाको सहायतामा संस्थानले पोखरेलीलाई शुद्ध खानेपानी प्रदान ट्रिटमेन्ट प्लान्ट बनाउन लागेको यादवले बताए ।

पोखरा क्षेत्रको खानेपानीको अवस्थालाई लिएर पोखराका उपभोक्ता, विभिन्न संघ सस्था, नागरिक समाज लगायतले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउदै आएका छन् ।

 

Loading...



Loading…