डडेल्धुराका बासिन्दा यसरी तर्छन् खोला

Loading...

डडेल्धुरा, साउन २८ – डडेल्धुराको परशुराम नगरपालिकाकाबासिन्दा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । परशुरामको जोगबुढाकाबासिन्दालाई ज्यान जोखिममा राखेर नदी तर्नु पर्ने बाध्यता रहेको रंगुन खोला तरिरहेकी शान्ति राउटेले बताउनुभयो ।

ट्युवमा खोला तर्न एक जनाले एक सय रुपैयाँ तिर्नु पर्छ । यहाँका बासिन्दाहरु सबै जसोको वारि खेत र पारि घर छ । जसका कारण खोला तर्न झन समस्या हुने गरेको छ । त्यस्तै सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर खोला तर्नु परेको स्थानीय बासिन्दाको गुनासो छ । बैंकिङ कारोबार, व्यापार, औषधि उपचार, नागरिकता बनाउन समेत खोला तरेर जानु परेको स्थानीय पत्रकार हर्क चन्दले बताउनुभयो ।

पुलमार्फत नदी तर्न ५ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको परशुराम नगरपालिका–५ की गीता विकले बताउनुभयो । पुल हुँदा १० मिनेटमा पुगिने ठाउँमा पनि पुलको अभावमा नगरपालिकाको पाँच नम्बर वडाबाट हिँडेर एक नम्बरको सलोन पुलबाट तर्नु परेको विकले बताउनुभयो । परशुराम नगरपालिकाको जोगबुढा, परिगाउँ, रज्यौडा, सिमलटा, कटाल, शीर्षलगायतका ठाउँमा वर्षातका बेला स्थानीय बासिन्दाले यस्तै सास्ती खेप्नु परेको छ ।

Loading...



Loading…