अविरल वर्षा जारी, सतर्क रहन आग्रह

Loading...

पोखरा । केहीदिन देखिको अविरल वर्षाका कारण तराई र मध्य पहाडि क्षेत्रका कैयौं स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरुमा यातायात, विद्युत तथा सञ्चार सम्पर्क प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालय अन्तर्गत विपत व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले बीबीसीसँग भने, “बिहानदेखि बाढी तथा डुबान प्रभावित जिल्लाको विवरण संकलन गर्ने प्रयास गरिरहेका छौं टेलिफोनले राम्ररी काम गरिरहेको छैन। त्यसैले विवरण संकलन कार्य प्रभावित भइरहेको छ।”

मौसम प्रतिकूलताका कारण हेलिकोप्टर उडाउन नसकिएको राउतले बताए। उनले भने, “उद्दार गर्न र्याफ्टिङ बोट र डोरीबाट उद्दारको कार्य भइरहेको छ।”
सुरक्षाकर्मी परिचालन गृह मन्त्रालयले मौसममा सुधार भइनसकेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

प्रभावित क्षेत्रहरुमा एफएमहरु मार्फत स्थानीय भाषामा पनि सूचना जारी गरिएको अधिकारीहरुले बताएका छन । भारी मनसुनी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट १५ भन्दा बढि जिल्ला प्रभावित भएको र हालसम्म ११ जिल्लामा कम्तीमा ३३ जनाको मृत्यु भएको बताइएको छ ।

कैयौं बेपत्ता भएको बताइएको छ।

उद्दारका लागि स्थानीय तहका सुरक्षा पोष्टमा रहेका सुरक्षाकर्मीलाई परिचालन गरिएको बताइएको छ।

नेपाल भारत सीमामा रहेका बाँधका ढोका कम खोलिदिएकाले नदीको सतह बढेर बाढीको जोखिम बढेको खबरहरु सार्वजनिक भइरहेका छन्।

विपद व्यवस्थापन महाशाखा प्रमुख राउतले भने, “राप्ती र कोशीको बाँधबारे भारतसँग दुइपक्षीय कुराकानी भइरहेको छ। राप्तीको बाँध खोलेर त्यसको सतह घटेको हो।” कोशीको बारेमा पनि भारतसँग उच्चस्तरमा कुराकानी भइरहेको अधिकारीहरुले बताएका छन ।

Loading...



Loading…