बाँध खोल्ने ठोस पहल नगरी ट्वीटरमा रमाउँदै मन्त्री महरा

प्रकाशित मिति :2017-08-13 07:31:00
Loading...

काठमाडौं, २९ साउन । कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्नुपर्ने सरकारका मन्त्रीहरु सामाजिक संजालमा लेखेर आफ्नो दायित्व पूरा गरिरहेका छन् । शनिबार बिहानदेखि नै कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारतसँग बाँध खोल्ने बिषयमा गम्भीर हुन सकेको छैन ।

Loading...

अहिलेसम्म भारतले बाँध खोलेको छैन । कूटनीतिक पहल गरेको कुरा सामाजिक संजाल फेसबुक र ट्वीटरमा लेखेर परराष्ट्र मन्त्री महरा आफ्नो ड्युटी पूरा गरिरहेका छन् । तर कोशीको बाँध खोल्नका लागि उनले ठोस पहल गर्न सकेका छैनन् । जसका कारण कोशीले नेपाली भूभागमा ठूलो धनजनको क्षति पु¥याउने अवस्था छ । सरकार र परराष्ट्रमन्त्रीले नेपाली भूभाग डुबानमा पर्नेगरी कोशीको पानीको प्रवाह बढ्दा पनि पहल नगरेकोमा चौतर्फी विरोध भइरहेको छ । पत्रकार कुुसुम भट्टराईले त कोशी बाँधको ढोका खोल्न कूटनीतिक पहल छाडेर मन्त्री ट्वीट गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।dristhi news

Loading...
Loading...