छेकेन बाढीले “संरक्षण” लाइ, फिल्म लागेको सबै हलमा हाउसफुल

प्रकाशित मिति :2017-08-13 08:46:03
Loading...

अविरल वर्षाका कारण तराईको जनजीबन प्रभाबित छ । धेरैले ज्यान गुमाए । धेरै बेपत्ता छन् । अधिकांश भु–भाग डुबानमा रहेका छन् । लगातार वर्षाले इटहरीको खनार र आसपासका क्षेत्रका झण्डै एक हजार घर डुबानमा परे । यसको प्रत्यक्ष मार शुक्रवारबाट प्रदर्शन भएको फिल्म ‘संरक्षण’ लाई परेको छ । लगातारको वर्षाका कारण फिल्म तराईका २१ हलहरुमा प्रदर्शन हुन सकेन ।

Loading...

विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपूर, राजविराज लगायत २१ शहरमा संरक्षणको प्रदर्शन स्थगित भएको निर्माता प्रदीप कुमार उदयले बताए । जति हलमा प्रदर्शन भैरहेको छ, त्यहाँ शुक्रवार र शनिवार हाउसफूल भएको उदयले जानकारी दिए । राजधानीका मल्टिप्लेक्स र सिंगल हलहरुमा पनि फिल्म ‘संरक्षण’ ले दर्शकको राम्रो साथ पाएको छ । उनका अनुसार, वर्षा रोकिएपछि प्रदर्शन स्थगित भएका २१ शहरहरुमा ‘संरक्षण’ प्रदर्शन हुनेछ ।

राजनीतिक बिषय वस्तुमा निर्माण भएको फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । फिल्मले तराईका राजनीतिदल, त्याहाका जनता र प्रहरी बिच हुने अन्तर बिरोधकोे कथा बोल्छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।

Loading...
Loading...