घर बगायो मन बगाएको छैन, आर्यन सिग्देलको मन छुने स्टाटस

प्रकाशित मिति :2017-08-13 09:00:26
Loading...

अभिनेता आर्यन सिग्देलले आफ्नो फेशबुकमा मन छुने स्टाटस पोष्ट गरेका छन् । घर बगायो मन बगाएको छैन आइतबार आर्यनले बाढी प्रभावितका लागि मन छुने फेसबुकमा पोष्ट गरेका हुन् । बाढीले घर बगायो तर मन बगाएको छैन । शोकलाई शोकमा बदलौं ।

Loading...

आर्यनको पुरा फेसबुक स्टाटस यस्तो छ बाढीले गाँस, बास र कपास बगाएको छ । धेरैले आफन्त गुमाएका छन् । देश नै शोकमा छ । नेता र सरकारप्रति आ आफ्नै किसिमको आक्रोश छ । यतिबेला आरोप र प्रत्यारोप भन्दा पनि सबैले आ आफ्नो किसिमले सहयोग गर्नु पर्छ जस्तो मलाई लाग्छ । प्राकृतिक प्रकोप रोकेर रोकिंदैन् । यसबाट त हामी संयमित मात्रै हुन सक्छौं । शोकलाई शक्तिमा बदलौं । बाढीले घर बगायो तर हाम्रो मन बगाएको छैन । बाढी प्रभावित आमा, बुवा, बालबालिका, वृद्ध, सुत्केरी, गर्भवती, अपाङगता भएकाको हेरचाह गर्ने जिम्मेवारी हामी जस्ता युवाको काँधमा आएको छ । यही हो युवा जाग्ने समय । युवा जागौं, बाढी सहयोगमा जुटौं ।

Loading...
Loading...