हावा र पानीले पुनर्वासमा समेत क्षति, जनजीवन प्रभावित (फोटो )

प्रकाशित मिति :2017-08-13 09:43:46
Loading...

जुद्ध चौधरी

Loading...

पुनर्वास – देशभर बाढी पहिरोले बितण्डा मच्चाईरहदाँ पुनर्वासमा समेत हावा र पानीले भौतिक क्षति पुर्याएको छ । पुनर्वास नगरपालिका – ८ का १० घरमा हावाहुरिले
क्षति पुर्याएको छ ।

स्थानीय रण बहादुर बिष्टको घरको छानो उडाउदाँ १४ बर्षिय छोरी बन्धना बिष्टको टाउकोमा चोट समेत लागको छ । हावाले रण बहादुरको घरको छानो घरदेखि करिव १०० मिटर पर पुर्याएको छ । राती सुत्न समेत आफन्त कहाँ गएर रात काट्नु परेको बिष्टले बताए ।
त्यस्तै राम बहादुर बिष्टको घर र गोठको छानो उडाएको छ । भने देव बहादुर बिष्ट र धर्म बहादुर चुनाराको समेत घरको छानो हावाले क्षति पुर्याएको छ ।

वडा नम्बर -८ च गाउँमा ठाँउ ठाँउमा विद्युतका पोलहरु लडेको छ । विद्युत अबरुद्ध हुँदा मोबाइल चार्ज गर्न समेत नपाएको स्थानीय पीडित देव बहादुर बिष्टले बताए । बाटोमा ठुला रुखहरु लडेका कारण सडक अबरुद्ध समेत भईरहेको धर्म बहादुर चुनाराले बताए ।
सीमा तामाङ, रतन सिंह दियाली, मदन लोहार, नरेश थापा, महाविर बिष्ट, राजाराम राना लगायतको घरमा क्षति पुगेको छ । त्यस्तै वडाका अधिकांश खेतहरुमा लगाईएका मकै खेतीमा समेत क्षति पुगेको छ । सुदुरपश्चिममा अझै हावा र पानी आउने जल तथा मौसम विभागले जनाएको छ ।

हावा तथा पानी अझै बड्न सक्ने हुँदा बाढि संभावित क्षेत्रमा सावधान पुर्वक रहन तथा अन्य स्थानमा समेत सावधानी अपनाउन सम्पुर्ण नगरबासीलाई पुनर्वास नगरपालिकाले आग्रह गरेको छ ।

Loading...
Loading...