बाढी कारण बाँकेका अधिकांश विद्यालय बन्द

प्रकाशित मिति :2017-08-13 10:26:01
Loading...

प्रतिकृया दिनुहोस नेपालगन्ज : बाढीका कारण बाँकेका निजी विद्यालय बन्द गरिएको छ । निजी तथा आवासीय विद्यालय एसोसियसन (प्याब्सन) बाँके र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन–प्याब्सन) बाँकेले जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द गरेका छन् ।

Loading...

बाढीका कारण असहज अवस्था सृजना भएको कारण बन्द गर्न परेको प्याब्सन बाँकेका सचिव यम रावतले जानकारी दिए । उनले सम्पूर्ण विद्यालय संचालकलाई बाढी पीडितको उद्धारमा जुट्न आह्वान गरेका छन् । बाँकेमा १ सय बढी निजी विद्यालयमा ५० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

औपचारिक बन्दको आह्वान नभए पनि बाँकेका अधिकांश सरकारी विद्यालय समेत बन्द छन् । बाढी प्रभावित क्षेत्र डुडुवा, राप्ती सोनारी र नरैनापुरका सम्पूर्ण विद्यालय सरकारी विद्यालय समेत बन्द छन् ।

कतिपय विद्यालय बाढि पिडितको आश्रयस्थल बनेका छन् । भने कतिपय विद्यालय डुवानमा परेका छन् । बाढीका कारण धेरै बालबालिका प्रभावित भएका छन् । शनिबार बिहान घर भत्किदा राप्ती सोनारी गाउँपालिका – ४ लालपुर तीन जना बालबालिकाको मृत्यु भएको छ।

Loading...
Loading...