चलचित्र मुन्नाभाई–३ आउदै, फेरि संजयदत्त कम व्याक

प्रकाशित मिति :2017-08-13 10:37:36
Loading...

काठमाडौं । बलिउडको एउटा चलचित्र जसलाई बालक, वृद्ध, युवा सबैले मनपराउँछन् । यो सूचीमा संजय दत्त, अरशद वारसी अभिनित ‘मुन्नाभाइ एमबीबीएस’ अवश्य नै पर्छ । राजकुमार हिरानीले यो चलचित्र बनाउँदा यति धेरै सफलता होला भनेर उनैले पनि विश्वास गरेका थिएनन् होला ।

Loading...

‘मुन्नाभाई एमबीबीएस’ पछि चलचित्र ‘लगेरहो मुन्नाभाई’ ले पनि राम्रो सफलता पायो । त्यसै समयदेखि यो चलचित्रको फ्रेन्चाइजीको आगामी चलचित्रको दर्शकलाई पर्खाइ थियो । हालै आफ्नो कमब्याक चलचित्र ‘भूमि’ को ट्रेलर लञ्चमा संजयले चलचित्रका बारेमा बताए ।
उनले ‘भूमि’ को रिलिज हुने बित्तिकै ‘मुन्नाभाइ ३’ को काम सुरु गर्ने बताए । चलचित्रको स्क्रिप्ट पनि झण्डै तयार भइसकेको छ । केही समयअघि पनि निर्देशक हिरानीले आउने चलचित्र विगतका दुई चलचित्र भन्दा उत्कृष्ट हुनुपर्ने इच्छा रहेको बताएका थिए ।
चलचित्र सन् २०१८ को अन्त वा २०१९ मा रिलिज हुनसक्ने छ ।

Loading...
Loading...