पहिरोले जलबिद्युत आयोजनाको पावर हाउस बगायो

प्रकाशित मिति :2017-08-13 12:26:24
Loading...

बागलुङ: बागलुङ जिल्लाको पश्चिममा स्थानीय स्तरमा निर्माण गरिएको लघु जलबिद्युत आयोजनाको पावर हाउस पहिरोले बगाएको छ।

Loading...

अबिरल वर्षापछि बडिगाड गाउँपालिका–७ (साविकको भिमगिठे गाविस–२) को ठुलीचौरबाट खसेको पहिरोले भिङगाड खोला थुनिएपछि खोलापारी रहेको ४२ किलोवाटको भिमगाड प्रथम जलविद्युत आयोजनाको पावर हाउस बगाएको हो। पावर हाउस बगाएपछि आयोजनाबाट लाभान्वित स्थानीय चार सय उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्।

दिउँसोको समयमा ठुलाचौरबाट खसेको पहिरोले भिङगाड खोला थुनेपछि पारी पट्टी रहेको कुनाबाट ताल फुटेर आयोजनाको भवन सहित सबै बगाएको प्रत्यक्षदर्शी भिमलाल भुसालले बताए। ठुलाचौर खेतबाट गएको पहिरो खोलामा थुनिदा पावरहाउस सँगै खेतीयोग्य जमिन समेत कटान गरेको उनले बताए।

२०५५ सालमा निमार्ण सुरु गरिएको जलबिद्युत आयोजना २०५९ सालमा सम्पन्न भई सञ्चालनमा आएको थियो। यस जलविद्युत आयोजना मध्यपहाडी लोकमार्गको भिङगिठेको पुलदेखि करीब ३ सय मिटर माथि पर्दछ ।

पहिरो र बाढीले गाउँमा ठुलो क्षति पुर्‌याए पनि मोटरेबल पुल र भिङगाड बजार भने सुरक्षित रहेको स्थानीय सामाजिक अगुवा गण्डकी थापा अधिकारीले जानकारी दिईन्। उनका अनुसार अझै पहिरो खस्ने सम्भावना भने कायमै छ।

Loading...
Loading...