एकाएक संकटकाल घोषणा गर्ने तयारीमा देउवा सराकार! आजै साँझ संकटकाल घोषणा गर्ने निर्णयमा किन पुगे प्रधानमन्त्री देउवा?

प्रकाशित मिति :2017-08-13 12:28:44
Loading...

काठमाडौं । सरकारले देशभरी बाढी पहिरोमा परि ४९ जना भन्दा बढीको ज्यान गएपछि संकटकाल घोषणाको तयारी गरेको छ ।

Loading...

यसका लागि आज साँझ पाँच बजे प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीपरिषदको आकास्मिक बैठक बोलाईएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मन्त्रिपरिषदको बैठकले उद्धार तथा राहतको प्याकेज घोषणा गर्नेछ ।

यद्धपी संकटकाल घोषण भने आवश्यक मापदण्डका विषयमा छलफल भईरहेको उनले नेपालपाटीलाई जानकारी दिए । परियारका अनुसार संकटकाल घोषणाका लागि दैवी प्रकोपको खास सङ्ख्या मापदण्डको रुपमा तय हुन्छ । सो मापदण्ड पुगे नपुगेको बारेमा विश्लेषण गरेपछि मात्रै यस बारेमा निर्णय हुनले उनले बताए । श्रोत नेपाली पाटी

Loading...
Loading...