यो हो अमेरिकाको घिनलाग्दो अनुहार जसलाई ऊ लुकाउन चाहन्छ

प्रकाशित मिति :2017-08-13 12:32:10
Loading...

काठमाडौं — अमेरिका संसारको सबभन्दा शक्तिशाली देश हो । यहाँका मानिसको जीवनशैली अन्य देशकाले पनि फलो गर्छन् । तर यो देशको घिनलाग्दो अनुहार पनि छ जसका बारेमा धेरै मानिसलाई थाहै छैन ।

Loading...

संसारमा सबभन्दा बढी रेप अमेरिकामै हुन्छ । भायलेन्स अगेन्स्ट विमेन सर्वेक्षणअनुसार अमेरिकामा ६ मध्ये एक महिला जीवनकालमा एकचोटि बलात्कारको शिकार हुन्छन् भने ३३ मध्ये एक पुरुष पनि रेपमा पर्छन् । लगभग ९९ प्रतिशत बलात्कारीहरू पुरुष नै छन् ।

अमेरिकी शहर लास भेगासमा धेरै मानिस सुरुङमा बस्छन् । गरीबीका कारण घर नभएर उनीहरू सुरुङमा बस्न बाध्य भएका हुन् । अझ यहाँ पानी परिरहने भएकाले सुरुङमा पानी जमेर मानिसहरू डुब्ने पनि गरेका छन् । तैपनि हजारभन्दा बढी मानिसहरू सुरुङमा बस्छन् र त्यसैलाई सुन्दर बनाउने कोशिश गर्छन् ।

अमेरिकाका सबै राज्यहरूमा सुर्तीजन्य पदार्थ किन्न बच्चाहरूलाई रोक लगाइएको छ । धेरैजसो राज्यमा १८ वर्ष अनि केही राज्यमा १९ वर्षमुनिका बच्चाले सुर्तीजन्य पदार्थ किन्न पाउँदैनन् । तर अर्काले किनेर दिएको सुर्ती सेवन चाहिँ उनीहरूले मजाले गर्न पाउँछन् र त्यहाँ दुर्व्यसनी बच्चाहरूको संख्या ठूलो छ ।

एक तिहाइभन्दा बढी अमेरिकीहरूको तौल अत्यधिक बढी छ । विभिन्न रिपोर्टहरूले २० मध्ये एक अमेरिकी बढी मोटो रहेको देखाउँछ । करीब ७५ प्रतिशत अमेरिकी पुरुष ओभरवेट छन् ।
अमेरिकाका सुपरमार्केटले हरेक वर्ष औसतमा १३ सय ६० किलो खानेकुरा फ्याँछन् । यसले ७५० व्यक्तिलाई खान पुग्छ ।

अमेरिकामा प्रहरीबाट मारिने नागरिकको संख्या ठूलो छ । सन् २०१४ मा मात्र ११ सय मानिस प्रहरीबाट मारिएका थिए ।
एजेन्सी

Loading...
Loading...