बेलौरीमा सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित ब्रोईलर कुखुराका अण्डा र कपडाका थान बरामद

प्रकाशित मिति :2017-08-13 13:05:12
Loading...

-रमेश प्रसाद भट्ट

Loading...

बेलौरी। सशस्त्र प्रहरी बल बेलौरीले भारतबाट भन्सार छली नेपाल भित्रदै गरेका प्रतिबन्धित ब्रोईलर कुखुराका अण्डा र कपडाका थान बरामद गरेको छ । शनिबार बेलुका सशस्त्र प्रहरी बोर्डरआउट पोष्ट बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक डम्मर सिंह बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले सिमावर्ती भारतिय बजार खजुरियाबाट भन्सार छली नेपाल ल्याईएको उक्त समान बेलौरीको भुराकोटबाट बरामद गरेको थियो ।

करिब २४ हजार बराबर मुल्य पर्ने ८ पेटी प्रतिबन्धित कुखुराका अण्डा र १९ रोल सर्टको कपडा करिब ४७ हजार ५ सय बराबर मुल्य पर्ने समान बरामद गरीएको बाउडर आउट पोस्ट बेलौरीका इन्चार्ज शसस्त्र प्रहरी निरिक्षक भिम सिंह थापाले बताए ।

नियन्त्रणमा लिइएको कुखुराका अण्डालाई भने आईतबार विहान क्वाराईनटाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघ र पत्रकारको रहेबरमा क्वाराईनटाईन चेक पोष्ट बेलौरीको प्रांगणमा नष्ट गरीएको थियो । त्यस्तै बरामद कपडालाई भने आईतबार नै कैलाली जिल्ला भन्सारको जिम्मा लगाईएको शसस्त्र प्रहरी निरीक्षक थापाले बताए ।

यसरी जम्मा ७१ हजार ५ सय बराबरको मुल्य पर्ने समान नियन्त्रणमा लिन सफल भएको शसस्त्र प्रहरी सहायक निरिक्षक बोहराले बताए । यसरी केही दिन अघि मात्र सरुवा भई बेलौरी आएका शसस्त्र प्रहरी निरिक्षक थापाले सिमा सुरक्षाका लागि खटिएकाले सिमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणमा लाग्ने बताए ।

Loading...
Loading...