कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

प्रकाशित मिति :2017-08-13 14:01:27
Loading...

कोरियाको ख्यांगी प्रान्त अन्र्तगतको ह्वासङ शहरमा स्थानिय प्रहरीको सहयोगमा घातक चिन्दगीको टोकाईबाट हुने रोगका बारे नेपालीलाई सचेतना दिइएको छ । केहि साता अघि चिन्दगी अर्थात किर्ना नामक मांशहारी किराको कोटाईका कारण गम्भिर विरामी भएर निधन भएका धादिङका मंग तामाङलाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममा उक्त किरा र त्यसको टोकाईबाट लाग्ने रोगका बारेमा सहभागी नेपालीलाई जानकारी दिइएको थियो ।

Loading...

छनानस्थित एक बंगुर फार्ममा काम गर्दै आएका तामाङको किर्नाको टोकाईका कारण लाग्ने सेट्स नामक जिवाणूबाट दुइ साता अघि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

आज आइतबार आयोजित श्रद्धाञ्जली तथा सचेतना कार्यक्रममा ह्वासङ प्रहरी प्रमूख तथा नेपालीका परामर्शदाता युयोङ फिलले कोरियामा अन्य मुलुकका कामदार भन्दा डिप्रेसनमा परेर आत्महत्या गर्ने, औद्योगिक दुर्घटनामा परेर ज्यान गुमाउनेमा नेपालीको संख्या अग्रपंक्तिमा रहेको भन्दै सचेत भएर काम गर्न त्यहाँ उपस्थित नेपालीलाई आग्रह गर्नु भएको छ । बढ्दो मृत्यु न्यूनिकरण गर्न आगामी दिनमा पनि ह्वासङले प्रहरीले यस्ता खाले कार्यक्रमको आयोजना गर्ने जानकारी दिदै फिलले काम गर्दा होशियार, मानसिक तनाब मुक्त तथा सकरात्मक सोचाईका साथ काम गर्न नेपालीलाई सुझाव दिनु भयो ।

नेपाली काममा लगनशिल र इमान्दार भनेर कोरियाका कम्पनी मालिकले प्रशंसा गर्ने गरेको भएपनि विभिन्न कारणले बढ्दो निधन प्रति आफु चिन्तित रहेको फिलले बताउनु भयो । कार्यक्रममा ह्वासङ आसपासका कम्पनीका कार्यरत झण्डै एक सयको संख्यामा नेपाली कामदार सहभागी भएका कार्यक्रम संयोजक दिपक बन्जाराले जानकारी दिनु भएको छ ।

यसैबीच कार्यक्रममा शोकमा डुबेको मंग तामाङको परिवारलाई केहि राहत होस् भनेर आर्थिक संकलन गरिएको छ । ह्वासङ प्रहरीले पनि संकलित रकममा थप गरेर परिवारलाई पठाउने तयारीमा रहेको बन्जाराले बताउनु भएको छ । प्रहरी यस किसिमको कार्यक्रमबाट सहभागी नेपाली खुसि भएका छन् ।

Loading...
Loading...